भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
फाइल तस्बिर।

काठमाडौं : प्रधानमन्त्री केपीशर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।  नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रिसँगको भेटमा ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई भ्रमणको निम्तो दिएका हुन्।  ‘शिष्टाचार भेटका लागि आउनुभएका भारतीय विदेश सचिवमार्फत प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको छ,’ प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।  

त्यसअघि भारतीय सचिव मिश्रिले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए।  त्यस क्रममा द्विपक्षीय हित र सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो।  राष्ट्रपति पौडेलले जलवायु परिवर्तन असर न्यूनीकरणका लागि नेपाल–भारत मिलेर काम गर्नुपर्ने प्रस्ताव गरेका थिए।  राष्ट्रपति पौडेलले भेटमा भने, ‘हिमाल र पानीको सुरक्षामा नै मानवजातिको सुरक्षा निर्भर रहेको हुनाले जलवायु परिवर्तनको असर न्यूनीकरणमा दुवै देश मिलेर काम गर्न जरुरी छ,’ पौडेलले भनाइ उद्धृत गर्दै प्रेस सल्लाहकार किरण पोखरेलले भने।  

नेपाल–भारतबीच अनादिकालदेखि जनस्तर– सम्मको सम्बन्ध रहेको र नेपालको विकासमा भारतको ठूलो सहयोग रहेको उल्लेख गर्दै सचिव मिश्रिको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझै बलियो हुने राष्ट्रपति पौडेलले बताएका थिए।  ‘आपसी हित र समृद्धिका लागि दुई देशबीचको मित्रता र सहकार्य अझ मजबुत बनाउनुपर्छ,’ पौडेलले भनेका थिए, ‘कृषिको आधुनिकीकरण, पूर्वाधार विकास, जलविद्युत्, व्यापार, लगानी, पर्यटन तथा मानव संशाधन विकास नेपालको प्राथमिकता रहेको छ। ’

विदेश सचिव मिश्रिले नेपालमा जलविद्युत् विकास, दिगो एवं सहज ऊर्जा व्यापारका लागि प्रशस्त संभावना रहेको भन्दै जलवायु परिवर्तनको असर न्यूनीकरणको विषय दुवै देशका लागि चुनौती रहेकाले यसमा मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।  नेपाल सरकारका कैयौं योजनामध्ये ऊर्जा, कृषि, पर्यटनजस्ता नेपालको प्राथमिकतामा भारत पनि काम गर्न इच्छुक रहेको विदेश सचिव मिश्रिले बताएका थिए।  उनले अगाडि बढिरहेका आयोजना चाँडै सम्पन्न गरेर बाँकी नयाँ प्राथमिकतामा काम गर्न भारत इच्छुक रहेको पनि बताएका थिए।  

विदेश सचिव मिश्रिले नेपाल–भारतबीचको सम्बन्ध जति सुमधुर हुन्छ त्यति नै दुवै देशका जनताको हित हुने उल्लेख गर्दै विदेशसचिव मिश्रिले भारतले स्थिर, शान्त र समृद्ध नेपाल हेर्न चाहेको पनि प्रष्ट पारेका छन्।  

गत असार १४ गते भारतको विदेश सचिवमा नियुक्त भएका मिश्रि पहिलोपटक नेपाल भ्रमणमा आएका हुन्।  उनी विदेश सचिव भएपछि यसअघि भुटानको भ्रमण गरेका थिए।  दुई दिने औपचारिक भ्रमणका लागि नेपाल आएका भारतीय विदेश सचिव मिश्री परराष्ट्र सचिव सेवा लम्सालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी थिइन्।  

विमानस्थलबाट सिधै भारतीय दूतावास लैनचौर पुगेका मिश्रिले राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटेका थिए।  मिश्रिले उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र अर्का उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल तथा गृहमन्त्री रमेश लेखकसँग पनि भेट गरेका थिए।  आइतबारै साँझ नेपालका लागि भारतीय राजदूत नवीन  श्रीवास्तवले परराष्ट्र सचिव मिश्रिको सम्मानमा आयोजना गरेको रात्रिभोज कार्यक्रममा सहभागी भएका थिए।  

मिश्रिले सोमबार बिहान ११ बजे परराष्ट्रमन्त्री आरजु राणा देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।  त्यसपछि बेलुका नै उनी भारत फर्कने छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.