उपप्रधानमन्त्री पौडेलसँग भारतीय विदेश सचिव मिस्रीको भेटवार्ता

उपप्रधानमन्त्री पौडेलसँग भारतीय विदेश सचिव मिस्रीको भेटवार्ता
तस्बिर : अर्थमन्त्री सचिवालय
सुन्नुहोस्

काठमाडौं : भारतीय विदेश सचिव विक्रम मिस्रीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ता गरेका छन्। नेपाल भ्रमणमा रहेका मिस्रीले सोमबार बिहान अर्थ मन्त्रालयमा अर्थमन्त्री पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन्।

null

भेटमा सचिव मिस्रीले भारतीय सहयोगमा निर्माण भइरहेका आयोजनाको कार्यान्वयनका विषयमा छलफल गर्दै केहि समस्या भए दुवै पक्ष मिलेर समाधान गर्ने बताए।

भविष्यमा हुन सक्ने विकास सहायतामा पनि भारतको सहयोग आवश्यक रहेकोबारे मन्त्री पौडेलले जोड दिएको अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माले जानकारी दिए।

भेटमा उनीहरुबीच आर्थिक तथा विकास सहायता,चालू आयोजनाहरुको तीव्रता, दुई देशबीचको आपसी सम्बन्ध लगायतका विषयमा पनि छलफल भएको छ।

गत असार १४ गते भारतको विदेश सचिवमा नियुक्त भएका मिस्री पहिलो पटक नेपाल भ्रमणमा आएका हुन्। उनी विदेश सचिव भएपछि यसअघि भुटानको भ्रमण गरेका थिए। दुई दिने औपचारिक भ्रमणका लागि नेपाल आएका भारतीय विदेश सचिव मिस्री परराष्ट्र सचिव सेवा लम्सालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी थिइन्।  

विमानस्थलबाट सिधै भारतीय दूतावास लैनचौर पुगेका मिश्रिले राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटेका थिए। उनी आज बेलुका स्वदेश फर्कने कार्यतालिका छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.