साउनको अन्तिम सोमबार : सिद्धेश्वर शिवालयमा भक्तजनको घुइँचो

साउनको अन्तिम सोमबार : सिद्धेश्वर शिवालयमा भक्तजनको घुइँचो
तस्बिर : अन्नपूर्ण

अर्घाखाँची : अर्घाखाँचीको भक्तिटोला चुत्राबेसीमा रहेको सिद्धेश्वर शिवालयमा साउनको अन्तिम सोमबार आज बिहानैदेखि भक्तजनको भीड बढेको छ । दैनिकरुपमा वैदिक विधिपूर्वक विशेष पूजाआजा भइरहेको यस मन्दिरमा साउनको सोमबार रुद्री तथा शिवजीको विशेष पुजाआजाहुँदै आएको मन्दिरका पुजारी पण्डित सुमन्त प्रसाद पोख्रेलले बताए।

पवित्र महिना साउन र त्यसमा पनि सोमबार छुट्टै विशेषता रहन्छ । साउने सोमबारका दिन भगवान् शिवको विशेष पूजाआराधना गर्ने परम्परा छ । ज्योतिषशास्त्रअनुसार सोमबारको स्वामी भगवान् शिव भएकाले यो दिनको शिवोपासना विशेष मानिन्छ । 

अझ यो महिनाको सोमबार गरिने शिवको व्रत पूजा विशेष फलदायी हुने मान्यता छ । सोमबारको व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको धार्मिक मान्यता रहेको छ ।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको सुन्दर प्राकृतिक मनोरमस्थल सिद्धेश्वर शिवालय मन्दिरमा स्फटिकको शिवलिङ्ग राखि दैनिक वैदिक विधि पूर्वक पूजा आजा गरिँदै आएको मन्दिरका संरक्षक नारायण प्रसाद खनालले बताएका छन् ।

सूर्य दक्षिणायनपछि विशेष चार्डपर्वको सुरुवातको संकेत गर्ने पूर्वीय संस्कृतिमा साउने सोमबार आफैमा विशेष महत्वको महिना हो । सोमबार शिवको पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि भक्तजनहरू मन्दिरमा पूजाआजा गरिरहेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.