बागमती र सुदूरपश्चिमका प्रदेश प्रमुखबीच भेटवार्ता

बागमती र सुदूरपश्चिमका प्रदेश प्रमुखबीच भेटवार्ता
सुन्नुहोस्

हेटौंडा :  बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँबीच शिष्टाचार भेटघाट भएको छ। 

आइतबार भएको भेटमा बागमती प्रदेशका प्रदेश प्रमुख देवकोटालाई सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मियाँले बधाई तथा सफल कार्यकालको शुभकामना दिए।

सुदुरपश्चिमका बासिन्दा रहेका देवकोटालाई साउन १४ गते संघीय सरकारको मन्त्रिपरिषदको बैठकले बागमती प्रदेशका प्रदेश प्रमुखका रूपमा सिफारिस गरेसँगै साउन १७ गते राष्ट्रपतिसमक्ष शपथ लिएका थिए। 

त्यसलगतै साउन १८ गते बागमती प्रदेश कार्यालय हेटौंडामा एक समारोहबीच पदबहाल गरेका देवकोटा आइतबार  गृहजिल्ला कैलाली पुगेका थिए। 

यस्तै प्रदेश प्रमुख नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला पुगेका देवकोटालाई सुदूरपश्चिम प्रदेश प्रमुख कार्यालयका कर्मचारी तथा स्थानीयले समेत बधाई दिएका थिए। सोही भेटमा प्रदेश प्रमुखहरू बीच दुई प्रदेशको समन्वय र सहकार्य तथा विकासका सन्दर्भमा छलफल समेत भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.