खाद्य कम्पनीलाई उद्योगमन्त्रीको निर्देशन : परिणाम दिन नसक्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाइन्छ

खाद्य कम्पनीलाई उद्योगमन्त्रीको निर्देशन : परिणाम दिन नसक्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाइन्छ

उनले विगतको कार्यशैलीबाट कम्पनी अघि बढ्न नसक्ने बताउँदै अबको तीन महिना भित्र परिणाम आउनेगरी काम गर्न निर्देशन समेत दिए। कम्पनीका समस्या समाधान गर्न नीतिगत प्रश्नहरू भए त्यसलाई उच्च प्राथमिकतामा राखेर सम्बोधन गरिने उनको भनाइ छ।

काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले दीर्घकालीन व्यावसायिक योजनाका साथ अघि बढ्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई निर्देशन दिएका छन्। 

लिमिटेडको पाँचौं वार्षिकोत्सवको अवसरम सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले जनतामा देखिएको निराशालाई चिर्नुपर्ने बताउँदै दीर्घकालीन व्यावसायिक योजनाकासाथ अघि बढ्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई निर्देशन दिएका हुन्। 

सरकार र सरकारका निकायमाथि  व्यापक प्रश्नहरू उठेको बताउँदै मन्त्री भण्डारीले  प्रश्नको सामाना परिणामबाट दिनुपर्ने बताए। कम्पनीका कर्मचारीलाई आवश्यक सेवा सुविधा दिन सरकार तयार रहेको बताउँदै मन्त्री भण्डारीले तोकिएको समयमा काम गर्न नसके जिम्मेवारीबाट हट्नसक्ने अवस्था आउने बताए।

'तपाईंहरूको चाहिने सुविधाको जिम्मा मन्त्रालय लिन तयार  छ।  तर, रिजल्ट दिन तयार हुने कि नहुने ? रिजल्ट दिनुभयो भने सुविधा पुरापुर लिनुहोस्। समस्याहरू सम्बोधन हुन्छन्। यसको म जिम्म म लिन्छु। रिजल्ट दिनसक्नु भएन भने तपाईंहरूले जिम्मेवारीबाट छोड्नुपर्ने अवस्था आउन सक्छ। अहिलेको व्यापक निराशालाई चिर्नुपर्नेंछ। सरकारमाथि सरकारका निकायमाथि धेरै पश्नहरू छन्। ती प्रश्नको सामाना परिणामबाट दिनुपर्नेछ,'उनले भने,' बिहान आएर हाजिर लगाएर जागिर पाक्यो भनेर तपाईंहरूले सोच्नु भएको छ भने आजै पुनरविचार गर्नुहोस् । अब हामीले चाहेर वा नचाहेर निर्ममतापूर्वक निर्णय गर्नैपर्छ।'

मन्त्री भण्डारीले अधिकारको खोजि गर्दा कर्तव्य पनि पूरा गर्नुपर्ने बताए। उनले खाद्य व्यवस्था तथा  तथा व्यापार कम्पनी गतिशील नहुनुको कारण खोजिनुपर्ने बताए। उनले केही समयअघि आफूसहित मन्त्रालयको टीम खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा गएर छलफल गरेको र निर्देशन समेत पालना नगरेको बताए।  उनले भने,'मसहित मन्त्रायको टिम खाद्य व्यापार तथा व्यवस्थाको कम्पनीमा गएर छलफल गरेका थियौं। यो संस्थाको आय व्ययको विवरणसहित संस्थालाई चिन्ने पारदर्शीताको खोजि गरेका थियौं। मन्त्रालयमा पनि भनेको छु। साहेद अब यसको छलफल र छिनोफानो होला। किन हुन सकेन? के कारणले के समस्या आइपर्यो। आज यसको समारोहले यसको फैसला गर्नेछ।'

देशभर सबैभन्दा बढी सम्पत्ती नेपाल खाद्य व्यवस्था तथा कम्पनीसँग भएपनि पुँजी परिचालन गर्न नसकेको भन्दै आपत्ती जनाए। मन्त्री भण्डारीले एकमाथि अर्को प्रश्न  गर्दै भने,' सिंगो मन्त्रालयको बजेटभन्दा कम्पनीसँग बढी बजेट छ। त्यो पुँजीलाई परिचालन गर्न सकेन। बजारमा हाम्रो वस्तु विकेन ? किन तरकारी,चामल विकेन?  व्यवस्थापनलाई जनता किन पत्याएनन् ?,किन आज जनमैत्री बन्न सकेनन् सरकारका निकायहरू?' हामीलाई सेवा सहुलीयत मात्रै चाहिएको हो। तपाईंले मागेको सेवा सहुलीयत दिन सरकार तयार छ।  के तपाईं यत्रो जनशक्तिलाई बजारको हस्तक्षेप गर्न सक्नुहुन्छ ?'

मन्त्री भण्डारीले असफलताका कारणको समीक्षा गरेर खाद्य व्यापार कम्पनीलाई चलायमान कम्पनीको रुपमा अघि बढाउनुपर्ने बताए। उनले विगतको कार्यशैलीबाट कम्पनी अघि बढ्न नसक्ने बताउँदै अबको तीन महिना भित्र परिणाम आउनेगरी काम गर्न निर्देशन समेत दिए। कम्पनीका समस्या समाधान गर्न नीतिगत प्रश्नहरू भए त्यसलाई उच्च प्राथमिकतामा राखेर सम्बोधन गरिने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.