पर्यटनमन्त्री पाण्डे र कोरियाका पूर्वपर्यटन मन्त्रीबीच भेटवार्ता, हवाई भाडाबारे छलफल

पर्यटनमन्त्री पाण्डे र कोरियाका पूर्वपर्यटन मन्त्रीबीच भेटवार्ता, हवाई भाडाबारे छलफल
तस्बिर : पर्यटन मन्त्रालयको सचिवालय
सुन्नुहोस्

काठमाडौं : संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र  दक्षिण कोरियाका पूर्वपर्यटनमन्त्री यु जिन रोङबीच भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेका पूर्वमन्त्री रोङसहितको प्रतिनिधि मण्डलले सोमबार सिंहदरबारमा पर्यटनमन्त्रीसँग भेटवार्ता गरेको हो।

भेटका अवसरमा मन्त्री पाण्डेले नेपाल कोरिया सम्बन्ध स्थापनाको ५० औं वर्ष पुगेको स्मरण गर्दै नेपाल कोरियाको सम्बन्ध थप प्रगाढ बन्नेमा विश्वास व्यक्त गरे। मन्त्री पाण्डेले सन् २००५ मा नेपाल र कोरियाबीचको सांस्कृतिक सम्झौता गरिएको स्मरण गराउँदै दुई देशबीच संस्कृति शिक्षा,युवा खेलकुद र पर्यटनका क्षेत्रमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरेका हुन्।

मन्त्री पाण्डेले नेपाल र कोरियाबीचको हवाई भाडा केही महंगो भएको विषयमा आम जनगुनासो रहेको भन्दै ध्यानाकर्षण गराएका थिए। । मन्त्री पाण्डेले भने, '५० हजार बढी नेपाली कोरियामा बस्नुहुन्छ । उहाँहरूलाई आउजाउ गर्न हवाई भाडा महंगो हुने गरेको गुनासो छ । यस विषयमा कोरियाली सरकारको ध्यानाकर्षण होस्  ।'

नेपालमा कोरियाबाट वर्सेनि ३० हजार पर्यटक आउने गरेको तथ्यांक रहेको बताउँदै कोरियाका पूर्वमन्त्री  यु जिनले नेपाल कोरिया दुई मित्र देशबीचको मित्रवत सम्बन्धको प्रशंसा गर्दै हवाई भाडा घटाउनका लागि कोरिया सरकारसँग पहल गर्ने विश्वास व्यक्त गरे।

उनले मन्त्री पाण्डेलाई सन् २०२५ मा कोरिया भ्रमणको निम्तो समेत दिए । साथै उक्त भ्रमणले नेपालमा कोरियाली पर्यटक भित्रनेमा विश्वास समेत व्यक्त गरे।  मन्त्री पाण्डेले कोरिया भ्रमणमा जान आफू इच्छुक रहेको बताएका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.