परराष्ट्र सचिव लम्साल र विदेश सचिव मिश्रीच भेटवार्ता

परराष्ट्र सचिव लम्साल र विदेश सचिव मिश्रीच भेटवार्ता
सुन्नुहोस्

काठमाडौं : परराष्ट्र सचिव सेवा लम्साल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीबीच भेटवार्ता भएको छ ।  काठमाडौंको नक्सालस्थित हिल्टन होटलमा सोमबार भएको उक्त भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोबारे कुराकानी भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले जानकारी दिएका छन्। 

'उहाँहरूबीच नेपाल र भारतको सम्बन्धका सबै पक्षको समीक्षा गर्ने र आगामी दिनमा कसरी अगाडि बढ्ने विषयमा छलफल भएको छ,'प्रवक्ता राईले भने,'दुई देशबीच गठित विभिन्न संयन्त्रको नियमित बैठक गर्ने तथा भारतीय सहयोगबाट नेपालमा सञ्चालित विभिन्न परियोजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि थप कसरी अघि बढ्नेबारे छलफल भयो ।'

प्रवक्ता राईका अनुसार भारतीय विदेश सचिव मिश्री परिचयात्मक भ्रमणमा आएका कारण अहिले कुनै सहमति वा सम्झौता नभई नितान्त शिष्टाचार भेटवार्ता भएको हो । भारतीय विदेश सचिव मिस्री दुईदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आएका हुन् । भेटका क्रममा विदेश सचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेलससँग शिष्टाचार भेट गरेका छन्। 

यसैगरी विदेश सचिव मिश्रीले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा,पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लगायत राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटघाट गरेका हुन्।

उनी आजै स्वदेश फर्किने कार्यक्रम छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.