भद्रपुर मिनी म्याराथन : महिलातर्फ समीक्षा र पुरुषतर्फ करण प्रथम

भद्रपुर मिनी म्याराथन : महिलातर्फ समीक्षा र पुरुषतर्फ करण प्रथम
सुन्नुहोस्

झापा : भद्रपुर तेस्रो खुल्ला यूथ मिनी म्याराथनमा महिलातर्फ समीक्षा शेर्मा र पुरुषतर्फ करण राउत प्रथम भएका छन्। 

स्थानीय पर्यटकीय स्थलहरूको प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर भद्रपुर नगर युवा परिषद्ले सोमबार बिहान आयोजना गरेको मिनी म्याराथनमा नेपाली सेनाकी समीक्षाले १० किलोमिटर दौड ३६ मिनेट २४ सेकेन्डमा र राष्ट्रियस्तरको एथलेटिक्स खेलाडी करणले १५ किलोमिटर दौड १ घण्टा ५ मिनेटमा पूरा गरेका थिए। 

प्रतियोगितामा महिलातर्फ नेपाली सेनाकी धनकुमारी मगर द्वितीय, पुष्पा लिम्बु तृतीय र आकृति लिम्बु चौथो भएकी थिइन्। त्यसैगरी पुरुषतर्फ सरोज सिंह द्वितीय,नेपाली सेनाका अञ्जन राई तृतीय र सुदीप लुम्बा चौथो भएका छन्। 

प्रथम, द्वितीय, तृतीय र चौथो हुनेहरूलाई क्रमशः ११ हजार, ७ हजार, ५ हजार र ३ हजारले पुरस्कृत गरिएको थियो। साथै उत्कृष्ट हुने खेलाडीहरूलाई चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह र ज्येष्ठ नागरिक समूहले पनि सम्मान गरेका थिए। 

दौडमा सहभागी १०८ जनालाई पनि प्रमाणपत्र वितरण गरिएको थियो। नगर युवा परिषद्ले यस पटक पर्यटकीय स्थलहरूको प्रवर्द्धनका लागि किचकबधदेखि चन्द्रगढसम्म केन्द्रबिन्दु बनाएर दौड गराएका थिए।

पुरुषहरूले किचक बध सुरु गरेको दौड सूर्यनगर, चारआली, सगरमाथा चोक, ज्ञानेचोक, झापाचोक, भानुचोक, अस्पताल मोड, क्याम्पस मोड, ट्रेड युनियन चोकबाट धनुष मोड हुँदै चन्द्रगढी सामुदायिक उपभोक्ता वन समूहको कार्यालय अगाडि पुगेर समापन गरेका थिए। महिलाहरूको दौड झापा चोकबाट सुरु भई सोही रुट अनुसार उपभोक्ता वन समूहको कार्यालय अगाडि पुगेर समापन भएको थियो। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.