जनार्दनको प्रस्तावबारे अध्यक्ष दाहालको टिप्पणी- तपाईँहरूलाई हो टेन्सन, हामीलाई केही छैन

जनार्दनको प्रस्तावबारे अध्यक्ष दाहालको टिप्पणी- तपाईँहरूलाई हो टेन्सन, हामीलाई केही छैन
सुन्नुहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले लिखितरूपमा नेतृत्व हस्तान्तरणको एजेन्डा पेस गरेका छन्। पार्टी कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटी बैठकमा उनले पार्टीको नेतृत्व नयाँ पुस्तालाई दिनुपर्ने बताएका हुन्।

अध्यक्ष पुष्पकमल दाहालले सरकारको नेतृत्व गर्ने, दोस्रो तहका नेताहरूले खबरदारी गर्ने र तेस्रो तहका नेताहरूलाई पार्टीको नेतृत्वमा ल्याउनुपर्ने शर्माको प्रस्ताव छ। यस विषयमा अध्यक्ष दाहालले छोटो टिप्पणी गरेका छन्। सोमबारको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सबै कुरा मिल्ने बताए। 'केही हुँदैन, सबै मिलेर जान्छन्। तपाईँहरूलाई हो टेन्सन, हामीलाई केही छैन,' उनले भने।

अध्यक्ष दाहालले आक्रामक शैलीमा आफूलाई कुनै टेन्सन नभएको भाव प्रकट गरेका थिए। यस विषयमा पार्टी प्रवक्ता अग्नि सापकोटाले पनि प्रस्ट पारेका थिए। उनले नेतृत्व हस्तान्तरणको विषयमा कुरा उठेको स्वीकारे। तर, ती सबै समस्या समाधान भएर जाने उनको दाबी छ। 'प्रस्ताव आउनेवित्तिकै सबै कुरा भइहाल्छ भन्ने हुँदैन नि। यस विषयमा व्यापक छलफल भइरहेको छ। राम्रो निचोड निस्किन्छ भन्ने कामना गरौं,' उनले भने। 

बैठकमा ५ जनाले बोलेको र सबैको चिन्तन राजनीति र रणनीतिमा बढी केन्द्रित रहेको प्रवक्ता सापकोटाले बताए। बैठकमा संसदमा रहेका ३२ जनालाई गुणात्मक ढंगबाट परिचालित गर्ने र सडकसम्म जोड्ने विषयमा छलफल भएको प्रवक्ता सापकोटाले बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.