भक्तपुरको दतात्रय मन्दिरमा भक्तजनको भीड (फोटोफिचर)
भक्तपुर : आज साउन महिनाको अन्तिम सोमबार भक्तपुरको दतात्रय मन्दिरमा भक्तजनको भीड लागेको छ। गुरू दतात्रयको दर्शन गर्न बिहानदेखि मन्दिर प्राङ्गणमा सयौंको संख्यामा भक्तजनहरू लाइन लागेका छन्।
गुरू दतात्रय भगवान लाई हिन्दू धर्मावलम्बीहरूले ब्रम्हा विष्णु र शिवको पनि गुरुका रूपमा लिने गर्छन्। त्यसैले गुरु दतात्रय को पूजा गरेमा त्रिनेत्र (ब्रह्मा, विष्णु र शिव)को पूजा गर्न नपर्ने धार्मिक कथन रही आएको छ।
बिहानैदेखि भक्तजनहरू मन्दिरमा मनको इच्छा पूरा हुने, स्वास्थ्य प्राप्त हुने जनविश्वास मन्दिर परिसरमा लाइन लागेका छन्।