प्रतिनिधिसभा बैठकमा आज टीआरसी विधेयकसम्बन्धी प्रतिवेदन पेश हुने

प्रतिनिधिसभा बैठकमा आज टीआरसी विधेयकसम्बन्धी प्रतिवेदन पेश हुने
सुन्नुहोस्

काठमाडौं :  संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक मंगलबार दिउँसो १ बजेका लागि डाकिएको संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए। आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषदको मर्यादाक्रममा हेरफेरसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।

यसैगरी सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूचीमा उल्लेख  छ। बैठकमा पूर्वाधार विकास समितिका सभापति दिपक बहादुर सिंहले पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन २०८० पेश गर्नेछन्।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको वार्षिक प्रतिवेदन २०८१ पेश गर्ने दैनिक कार्यसूचीमा उल्लेख  छ। यसैगरी आजको बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विध‍ेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेश गर्ने कार्यसूची छ।

यसअघि साउन २३ गते बेपत्ता छानविन,सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन गर्न बनेको विधेयकमा उच्याउनुपर्ने प्रावधानका विषयमा संसदका तीन ठूला दल सम्मिलित कार्यदलले शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएको थियो।

कार्यदलमा नेपाली कांग्रेसबाट गृहमन्त्रीसमेत रहेका रमेश लेखक,नेकपा एमालेबाट प्रमुख सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट जनार्दन शर्मा रहेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.