प्रवासी नेपालीहरूको नागरिकता निरन्तरताको पक्षमा एमाले प्रष्ट छ : पूर्वमन्त्री गिरी

प्रवासी नेपालीहरूको नागरिकता निरन्तरताको पक्षमा एमाले प्रष्ट छ : पूर्वमन्त्री गिरी
फाइल तस्बिर।

अमेरिका : नेकपा एमालेका प्रमुख सचेत तथा पूर्वकानुनमन्त्री पदम गिरीले आफ्नो पार्टी प्रवासी नेपालीहरूको नागरिकता निरन्तरताको पक्षमा रहेको बताएका छन्। मन्त्री गिरीले प्रवासी नेपालीहरूको नागरिकताको सवालमा पार्टीले जति सक्दो छिटो निर्णय गरेर जाने पक्षमा रहेको बताएका छन्।

मन्त्री गिरीले हामी क्याबिनेटको एउटा निर्णय गरेर जाँदा हुने या संविधान नै संशोधन गरेर जाने हो स्पष्ट हुन प्रवासी नेपालीहरूलाई आग्रह गर्दै उनले लाखौं नेपालीहरूको मनोभावना अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

अमेरिकाबाट सञ्चालित न्यूजपाली डटकमको आयोजनामा जुमबाट गरिएको एनआरएनए नागरिकता कि नागरिकताको निरन्तरता विषयक खुला कार्यक्रममा मन्त्री गिरीले प्रवासी नेपालीहरूलाई आफ्ना मागका बारेमा लिपिबद्ध गरेर आउनसमेत आग्रह गरे। मन्त्री गिरीले आफू कानुनमन्त्री हुँदा यस सवालमा एउटा प्रतिवेदनसमेत बनाइसकेको जानकारी दिँदै, विदेशमा रहेका नेपालीहरूका समस्या समाधान गर्नका लागि आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने प्रतिबद्धतासमेत जनाएका छन्।

कार्यक्रमका प्रमुख वक्ता कानुन व्यवसायी तथा गैरआवासीय नेपाली नागरिकता विज्ञ खगेन्द्र जिसीले अहिले सरकारले जारी गरेको एनआरएनए नागरिकताको कार्यान्वयनको सवालमा धेरै पक्षमा कमजोरी रहेको जनाउँदै सरकारले दिइएको अधिकार बुझ्न र कार्यान्वयन गर्न आग्रसर हुन आग्रह गरेका छन्। 

हामीले गैरआवासीय नेपाली नागरिकता त पाएका छौं, तर भिसा लगाउनु पर्ने, मातपोतमा घर जग्गा खरिद गर्दा किनबेच गर्न नमिल्ने, गैरआवासीय नागरिकता लिँदा प्रहरीको रिर्पोट माग्ने जस्ता अनेकन झमेलाहरू रहेको बताए। कानुन व्यवसायी जिसीले सरकारले अहिले दिएको अधिकार कार्यान्वयन गर्न र नागरिकताको निरन्तरता दिन सके, विदेशमा ज्ञान, सीप र धन आर्जन गरेका लाखौं नेपालीहरू देशको समृद्धिमा सहयोगी हुने धारणा राखेका छन्। 

कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य हरिबोल भण्डारीले विदेशमा रहेका नेपालीहरूलाई जति सक्दो छिटो नागरिकताको निरन्तरता गर्न माग गरेका छन्। उनले त्यसो हुन सकेमा विदेशमा रहेका लाखौं नेपालीहरूबाट राज्यको समृद्धिमा जोडिने धारणा राखे। कार्यक्रममा अन्तर्राष्ट्रिय प्रवासी मञ्चका केन्द्रीय अध्यक्ष सञ्जय थापाले प्रवासी नेपालीहरूलाई नागरिकताको निरन्तरताका लागि दबाब दिन एक हुनुपर्ने समय आएको धारणा राखे उनले भने, ‘अहिले कांग्रेस एमालेको संयुक्त सरकार छ, संविधानसमेत संशोधन गरेर जाने कुरा छ, यसर्थ यही बेला हामीले हाम्रो अधिकार स्थापित गर्न लाग्नुपर्ने हुन्छ।’ 

कार्यक्रममा पत्रकार संजय घिमिरेले सरकार र पार्टी सम्बद्ध नेताहरूले विदेशमा रहेका नेपालीहरूलाई हेर्ने दृष्टिकोण नै गलत रहेको तर्क गर्दै, उनले विदेशमा सिंगो देश बोकेर बसेका नेपालीहरूको मनोभावना बुझ्न आग्रह गरे। नागरिकता खोई अभियानका अभियन्ता बासु घिमिरेले नागरिकताको निरन्तरताले देशको समृद्धिमा कोसेढुङा सावित हुने बताए। कार्यक्रममा एनआरएनएले आईसीसी सदस्य प्रमोद सिटौला, प्रवासी नेपाली मञ्च अमेरिका अध्यक्ष प्रभु थापा, पत्रकार बिजय घिमिरे, एनआरएनए अमेरिकाका पूर्वबोर्ड सदस्य विश्व बास्तोला, नेपाल अमेरिका पत्रकार संघका उपाध्यक्ष सुजन पण्डितलगायतले नागरिकताको निरन्तरता नै प्रवासीहरूको माग रहेको बताएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.