भ्रष्टाचारसम्बन्धी मुद्दामा हदम्याद राख्न हुँदैन : रास्वपा

भ्रष्टाचारसम्बन्धी मुद्दामा हदम्याद राख्न हुँदैन : रास्वपा
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचारसम्बन्धी मुद्दामा हदम्याद राख्न नहुने बताएको छ। आज बसेको रास्वपा संसदीय दलको बैठकले भ्रष्टाचारसम्बन्धी कानूनमा हदम्याद राख्ने विषय स्वीकार्य नहुने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । 

‘भ्रष्टाचारसम्बन्धी कानूनमा हदम्याद राख्ने विषय स्वीकार्य छैन,भ्रष्टाचारको मुद्दामा कुनैपनि बेला मुद्दा चल्न सक्छ।’ परियारले भने,‘रास्वपाले यसलाई स्वीकार्दैन। विषय सदनमा उठाउने छौँ।’

भ्रष्टाचार निवारण ऐन संशोधन गर्न बनेको विधेयकमा सार्वजनिक पद धारण गरेको व्यक्तिमाथि छानबिन गर्न हदम्याद राख्नुपर्ने अधिकांश सांसदको राय छ। विधेयकमा पदीय दुरुपयोग गरेको/ भ्रष्टाचार गरेक जानकारी भएको मितिले ५ वर्ष भित्र मात्रै मुद्दा चलाउनुपर्ने व्यवस्था राखिएको हो। 

यसैगरी रास्वपाले जलन सम्बन्धी गैरसरकारी विधेयक अघि बढाउने निर्णय गरेको छ। परियारले जलनसम्बन्धी गैरसरकारी विधेयकका विषयमा बैठकमा छलफल भएकाले छिटै सदनमा दर्ता गर्ने जानकारी दिए।

बैठकले कानुन समितिबाट पास भएको टीआरसी विधेयकलाई संसद्‌बाट पनि सर्वसम्मत पारित गराउन लाग्ने निर्णय गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.