मोरु डिजिटल वालेटको सञ्चालकमा ऋषिराम अधिकारी नियुक्त
काठमाडौं : मोरु डिजिटल वालेटको सञ्चालकमा ऋषिराम अधिकारी नियुक्त भएका छन्। पेनेप प्रालिले सञ्चालन गर्दै आइरहेको मोरु डिजिटल वालेट पछिल्लो समयमा लोकप्रिय डिजिटल वालेटका रूपमा स्थापित छ।
नव नियुक्त सञ्चालक अधिकारीसँग १ दशकको व्यावसायिक अनुभव रहेको छ। शैक्षिक संस्था, कर्पोरेट, सञ्चार, इकमर्श र पुस्तक प्रकाशन क्षेत्रमा लामो समयदेखि कार्यरत अधिकारी कला, साहित्य क्षेत्रमा समेत सक्रिय छन्।
सञ्चालक समितिमा नियुक्त भएसँगै अधिकारीले कम्पनीलाई छिट्टै आईपीओमा लैजाने तयारी भएको बताएका छन्।