धनकुटाका स्थानीय तहले इन्धन खर्चमा मितव्ययिता कायम गरेनन्

धनकुटाका स्थानीय तहले इन्धन खर्चमा मितव्ययिता कायम गरेनन्

धनकुटा : धनकुटाका स्थानीय तहहरूले इन्धन खर्चमा मितव्ययिता कायम नगरेको पाइएको छ। महालेखाले हालै सार्वजनिक गरेको स्थानीय तहको आर्थिक वर्ष २०७९/८० को अन्तिम लेखा परीक्षण प्रतिवेदनमा जिल्लाको कतिपय स्थानीय तहमा इन्धन खर्चको मापदण्ड तयार नगरेको, सवारी साधन अनुसार वार्षिक इन्धन खर्च र उपयोगको विवरण खुल्ने गरी अभिलेख नराखेको उल्लेख छ। 

महालेखा परीक्षकको कार्यालयले धनकुटाका स्थानीय तहलाई इन्धन खर्चलाई मितव्ययी तथा उत्पादनमुखी बनाउन इन्धन खर्च मापदण्ड निर्माण गर्ने तथा कोटा निर्धारण गरी लगबुक राखेर मात्र खर्च गरी व्यवस्थित अभिलेख राख्न सुझाव दिएको छ।

प्रतिवेदन अनुसार जिल्लाको स्थानीय तहहरूमध्ये सबैभन्दा इन्धन बापत धनकुटा नगरपालिकामा १ करोड ३७ लाख ५ हजार ५ सय ५१ रुपैयाँ खर्च भएको छ। सबैभन्दा कम सहिदभूमि गाउँपालिकामा १५ लाख ६८ हजार ८ सय ९३ रुपैयाँ इन्धन खर्च भएको प्रतिवेदनमा उल्लेख छ। 

इन्धनवापत साँगुरीगढी गाउँपालिकामा २९ लाख ६६ हजार ८ सय ६९ रुपैयाँ, महालक्ष्मी नगरपालिकामा इन्धन बापत १८ लाख ८४ हजार ७ सय ४७, सहिदभूमि गाउँपालिकामा इन्धन बापत १५ लाख ६८ हजार ८९३ रुपैयाँ, छथरजोरपाटी गाउँपालिकामा ४६ लाख १८ हजार ७ सय ३४ रुपैयाँ, चौविसे गाउँपालिकामा २४ लाख ८९ हजार ७ सय ९२ रुपैयाँ, धनकुटा नगरपालिकामा इन्धन बापत १ करोड ३७ लाख ५ हजार ५ सय ५१ रुपैयाँ खर्च भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.