जापानका प्रधानमन्त्री किशिदाले पार्टीको नेताको निर्वाचनमा उम्मेदवारी नदिने
देशले नयाँ प्रधानमन्त्री पाउने
टोकियो : जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) को नेताका रुपमा पुनः निर्वाचनमा भाग नलिने निर्णय गरेका छन् ।
योसँगै जापानले अब नयाँ प्रधानमन्त्री पाउने निर्णय भएको छ ।
फुमियो किशिदाले निर्णयको बारेमा भने, 'पार्टीको प्रतिनिधित्वमा नयाँ मानिस चाहिन्छ।' ६७ वर्षीय किशिदाले सेप्टेम्बरमा पार्टीको नयाँ नेता चयन गरेपछि प्रधानमन्त्री पदबाट राजीनामा दिने अपेक्षा गरिएको छ ।
किशिदाको समर्थन जापानमा पनि घट्दै गएको छ । यसको पछाडि उनको पार्टी भ्रष्टाचार र घोटालाको आरोपमा फसेको बताइएको छ । यसबाहेक किशिदा सरकार बढ्दो मुद्रास्फीति, येन (जापानी मुद्रा) घट्ने जस्ता समस्यासँग पनि जुधिरहेको छ ।
किशिदाको पार्टीमा पनि उनको नेतृत्वमा आमनिर्वाचन जित्ने हो कि होइन भन्ने शंका छ । निर्वाचन विश्लेषकहरूले जापान अहिले पुस्ता परिवर्तनबाट गुज्रिरहेको र सत्तामा रहेको पार्टीले आफ्नो छवि सफा गर्न संघर्ष गरिरहेको बताएका छन्। बीबीसी