अतीतका संस्करण : पुनर्ताजगी जीवन !

अतीतका संस्करण : पुनर्ताजगी जीवन !

भानु जयन्तीको अघिल्लो दिन श्रद्धेय नेपाली राष्ट्रभाषासेवी नेपाली शिक्षा परिषद्की निर्वाध नारी हस्ताक्षर श्री रमा शर्माज्यूले बोल्नु भो – दूरभाषम। भोलि भानुजयन्ती– शिक्षा परिषद्मा सालानी अनवरत कार्यक्रम। सक्नु त हुन्न कष्ट गर्न; तरपनि पूर्व योगदानलाई सम्झी आदर गरेको दाजुलाई। सक्नु त रमाजी तपार्इं नि सक्नु हुन्न। घुँडाको समस्या छ। ९० वर्षे जीवनले कनिकुथी गर्दै छु। मधुपर्क असार २०८१ अंकमा दाइको रचना पढेँ। यसो शिक्षा परिषद्को पूर्वअनुभूति–संस्मरण उप्काउनु भए भव्य हुन्छ, भन्नुभयो। रमाजी वचनमा पक्का। काममा प्रतिबद्ध र कार्यदलमा एक ढिक्का शंकै छैन यसमा, निर्विवाद !

रमाजीले मधुपर्कमा रचना पढेँ, अबेला बेलुकी दूरभाष प्रयोग गर्नु भाथ्यो। भोलि य पर्सिपल्ट त मधुपर्कका आदरयोग्य सम्पादक श्री त्रिभुवनचन्द्र वाग्लेज्यूको स्वर सुन्न पाएँ ‘दाजु ! रमा शर्माज्युले दाइको पूर्व संस्मरण–नेपाली शिक्षा परिषद्को पूर्वअनुभुति कोरी दिनु भए हुन्थ्यो’ अपेक्षा गर्नु भएछ। राष्ट्रभाषा साहित्य सेविकाका मार्मिक वचन कानमा परेको। टार्न नितान्त मरिहत्ते कठिन ! शिरोधार्य गर्नु सेवा धर्म ! पालना गर्न कसेँ कम्मर ! हातमा कलम लिई कापी पल्टाएँ।

२००१ सालमा जुद्धोदय हाइस्कलमा पढ्थेँ। पाँच कक्षामा। त्यसबेला स्वर्गीय गुरु गोपाल पाण्डे रचित पकेट सिरिज ‘ह्रस्व दीर्घका सवाई’ पढ्नु पथ्र्यो। ‘सुन सुन भाइ हो ! भ केही भन्छु– ह्रस्व दीर्घ आदिको सवाई कहन्छु।’ आज पर्यन्त कण्ठाग्र ... ! ह्रस्व दीर्घका सवाई अझै सुरक्षित ! अहा ! लघु घरायसी कोठरीमा पाण्डे गुरुप्रतिको प्रगाढ आदरार्थे यो तेजेश्वरको !

टेङगल टोल बसाइ। पुरानो भन्सार–गोडाम टहराहरू। स्कुलको कार्यालय बीचैमा। दायाँ–बायाँ लहरै कक्षा कक्षाहरू। नेपालको प्रथम नेपाल बैंक लिमिटेड छेवैमा स्कुलको। वर्तमान नेपाल बैंक ठडिएको ठाउँ हरियो दूबो चौर। भकुण्डे मैदान थियो हाम्रो हाइसञ्चो पुराण ! २००७ फागुनलगतै पछि क्षेत्रपाटी स¥र्यौं। अचेल गणेशमानसिंह– प्रजातन्त्रका लौहपुरुषका निवास अगाडि। त्यतिञ्जेल चाकुसी फल हाम्रोमा मौलिक रैथाने चाकुसी फल छ्यापछ्याप्ती पाइन्थ्यो। अचेलभरि टुहिसकेका छन्। रैथाने चाकुसी, तःसी (बिमिरो) अनासी (अम्बा) बसी (आरु) आदि। नेपाल भाषामा फलपुल प्रदायलाई ‘सी’ भनिन्छ। अतः सबै प्रकारका फलको पछि ‘सी’ जोडिएको छ।

झामेसी (ज्यामिर)। आमासी (अम्बा) कत्वःसि (काफल) तुसी (काँक्रो)। भोकासी (भोगटे) इत्यादि। गणेशमान सिंह लौहपुरुष भए पनि पैतृक सम्पत्ति राणाकालमै अपहरित थिए। श्री ५ महाराजधिराज (राष्ट्रपिता) बाट त्यसताका मोरु ५० हजारमा किनेर प्रदान गरेका हुन्। इतिहासका पानामा अंकित दस्तावेज यो। प्रसंगवश स्व. धर्मरत्न ‘यमी’लाई नि भुरुङखेलस्थित स्व. भद्रमान ‘डिठ्ठा’का भर मोरु ५० हजारमा किनेर प्रदान भएको तथ्य हो इतिहास क्रमको। भद्रमान डिट्ठा तैल चित्रकार तथा जवाहरात अनि दुर्लभ बहुमूल्य वस्तुका कारोबारी थिए। कुनै सुरतले (शुत्रले) उहाँसित सुपरिचित थिए। भद्रमान डिठ्ठाका नामाकूलित सोैभ्य स्वभावका थिए। जीवनको एकैबार काठ्को ऐना भएको बट्टामा चिनी भरेर झौ जस्तो लाग्ने मानव आकृतिका निश्चल वस्तु देखेथेँ। जिज्ञासु बन्दा उहाँले यो बहुमूल्य वस्तु श्री ३ जुद्धशमशेरले सेवन गर्ने वस्तु भन्नुभयो। के गर्छ यसको सेवनले ? भन्नु भयो, ‘यौनशक्ति साथै उत्तेजना वृद्धि !’ ठाने राणा प्रधानमन्त्रीहरूले यस्ता दुर्लभ बहुमूल्य प्राकृतिक वस्तु सेवनको खुलासा लाग्यो।

ह्रस्वदीर्घ आदिका मेरा आदिम गु श्र स्व. श्रद्धेय गोपाल पाण्डेका जीवन कीर्तनका सन्दर्भबाट बिथोलिएछु। प्रसँगै प्रसंगमा भावुक भएर बहकिनु यो वयोवृद्ध चेतको आफैं माथिको लगाम फुस्काइबाहेक भनुँ के ? प्रश्नको पेटाको आफैंसित कसूँ कसूँ लाग्छ ! कमजोरी गर्दै २०१८ साल २०१९ सालको प्रसंग त्रिभुवन ग्राम तथा जिल्ला विकास विभागमा सुब्बा। दरबार दरबार रात्रि कलेजमा स्नातक तह अध्ययन गर्दै शैक्षिक स्तरोन्नति गर्ने अभिप्रायले भोटाहिटीमा डेरा कसी नेपाली शिक्षा परिषद्को प्रवेशिका पाठशालामा कक्षा लिन कसेँ कम्मर। स्व. गुरु गोपाल पाण्डेसित चिरपरिचित नेपाली अग्रज कवि लेखकहरूका जयन्ती, कहिले दरबार प्रवेशिका पाठशाला, कहिले सरस्वती सदनमा हुँदा किरित्तमा कागती बदाम, नरिवल, छोकडा, चकलेट, काजु आदि राखी अतिथि सत्कार गर्दै खट्ने गुरुले प्रत्यक्ष भोग्नु भाथ्यो। आँखैंदेखि साक्षी भन्दा अरू चाहिँदो नै के र ? 

नेपाली शिक्षा परिषद्ले उत्थान गरेको नेपाली राष्ट्रभाषा प्रधान प्रवेशिका परीक्षाका शिक्षक भएँ। यो कार्य बेलुकीको फुर्सदिलो समय सदुपयोग थियो। सन्तोषं परम् लाभम्। सन्तोषी सदा सुखी ! संस्कृत वाङ्मयको श्लोकको सार्थकता यो जीवन भोगाइ ठान्छु–मान्छु पर्यन्त अहोरात्र। त्यसको प्रभाव अमित छाप मनमस्तिष्कमा पारेको चिनो यो सत्यार्थ प्रकाश। 

नेपाली शिक्षा परिषद्को अन्तरमनको आभ्यन्तरिक जन्तर नेपाल राष्ट्रमा नेपाली वाङ्मय–सिद्धिले आम नेपाली जनमानस दीप प्रज्वलित गरी देदिप्यमान गरून् नै रहेको मनको ठम्याइँ। राष्ट्रोत्थानमा राष्ट्रभाषाको बाङ्मय सिद्धि नकार्न सकेको कसले पो छ ? भानुभक्त पुरस्कार स्थापित भएका छन्। वाङ्मय भाषा– साहित्यका दिग्गज योगदाताहरूलाई विभूषित गरेका छन् पनि ! लाग्छ यसको अन्तर मन छाप स्व. गुरु गोपाल पाण्डेले रमा शर्माज्यूको अभ्यन्तरसम्मै प्रतिरोपण गर्न सार्थक हुनु भएछ। सकूँ नसकूँ नभनी अविरल उद्यत् रहिहनु सबुत बनेको छ। कसले पो भनिरहनु पर्दो हो। 

२०१८–२०१९ साल तिर नेपाली शिक्षा परिषद्ले सञ्चालन गरिरहेको प्रवेशिका पाठशालामा रमा शर्माजी पञ्जावी सुरवाल कुर्ता–सानु च्यादर ओडेर कार्यालयमा कहिलेकाहीँ झुल्किनु हुन्थ्यो। हाम्रो चिनजान अहिले सम्मै राष्ट्रभाषा वाङ्मय सेवामा उस्ताउस्तै ....। आफ्नै मनको ठम्याइँ यो। पस्ट्याइँ किरण थापाज्यूसहित साहित्यिक सम्मान संगम २०५० ले आयोजना गरेको रु ५० हजारको ‘चिखी म्हिचा’ ‘ग्वंगः सिरपा’ प्रदान अवसरमा पाल्नु भएर कृत कृत पार्ने सौजन्य शिक्षा परिषद्कै ठान्छु, मान्छु।

‘असीम’ जवन्तीको मुहूर्तमा असीम श्रद्धाञ्जलि साथ हस्ताक्षर यहीँ रक्ने अनुमति चाहन्छु। जय जननी ! जय नेपाल आमा !
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.