अलपत्र ९ स्वास्थ्यचौकी भवन निर्माणपछि हस्तान्तरण

अलपत्र ९ स्वास्थ्यचौकी भवन निर्माणपछि हस्तान्तरण
सुन्नुहोस्

धनकुटा : निर्माण व्यवसायीको ढिलाइले रुग्ण बनेका ९ स्वास्थ्यचौकी भवन निर्माण सम्पन्नपछि हस्तान्तरण भएका छन्। सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाले निर्माण व्यवसायीलाई पटक–पटक ताकेता गरेपछि रुग्ण बनेका स्वास्थ्यचौकी भवन निर्माणको काम धमाधम सुरु भएको थियो। जसका कारण रुग्ण ९ स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न भइसकेपछि सम्बन्धित निकायलाई हस्तान्तरण गरिएको सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाका प्रमुख सुमन मिश्रले बताए। पछिल्लो आठ महिनामा सबै रुग्ण स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको हो। 

काठमाडौंको बिरुवा कन्स्ट्रक्सन प्रालिले पाँच वर्षअघि दुईवटा प्याकेजमा ९ वटा स्वास्थ्यचौकी भवन निर्माणको जिम्मा पाएको थियो। २०७६ मंसिर १० गते निर्माणको जिम्मा पाएको उक्त कम्पनीले २०७७ फागुन १२ गते निर्माण सम्पन्न गरिसक्नु पर्ने ठेक्का सम्झौता थियो। तर कम्पनीले विभिन्न बहाना बनाउँदै समयमा निर्माण गर्न नसक्दा दुईवटै प्याकेजमा पटकपटक गरी पाँच पटकसम्म म्याद थप भएको थियो। 

उक्त कन्स्ट्रक्सनले पहिलो प्याकेजमा छथरजोरपाटी गाउँपालिका—१ स्थित हात्तीखर्क स्वास्थ्यचौकी, धनकुटा नगरपालिका—२ स्थित भीरगाउँ स्वास्थ्यचौकी, सहिदभूमि गाउँपालिका— १ स्थित धाप छिन्ताङ स्वास्थ्यचौकी र पाख्रिबास नगरपालिका—२ सान्ने स्वास्थ्यचौकीको भवन निर्माणको जिम्मा पाएको थियो। उक्त प्याकेजको ठेक्का सम्झौता २०७६ मंसिर १० गते भएको थियो। भ्याटबाहेक ८ करोड ५८ लाख ५६ हजार १ सय ५८ रुपैयाँ कुल लागत रहेको योजनाको म्याद २०७७ फागुन १२ गतेसम्म म्याद थियो। 

त्यस्तै, दोस्रो प्याकेजमा साँगुरीगढी गाउँपालिका—४ स्थित फाक्सिव स्वास्थ्यचौकी, वडा नं. ३ स्थित खुवाफोक स्वास्थ्यचौकी, महालक्ष्मी नगरपालिका—३ स्थित डाँडागाउँ स्वास्थ्यचौकी, वडा नं. २ स्थित मारेक स्वास्थ्यचौकी र वडा नं. ९ स्थित मूर्तिढुंगा स्वास्थ्यचौकी भवन रहेका थिए। २०७६ मंसिर १३ गते ठेक्का सम्झौता भएको योजनाको कुल लागत भ्याटबाहेक ११ करोड ११ लाख ६७ हजार २ सय ७३ रुपैयाँ थियो। योजनाको म्याद २०७७ फागुन १२ गतेसम्म थियो। 

भवन हस्तान्तरण हुनुअघि पुरानो जीर्ण भवनबाट स्वास्थ्य सेवा प्रवाह भइरहेको थियो। जसको कारण सेवा प्रवाहमा समस्या भएको थियो। अहिले भवन हस्तान्तरण भएसँगै स्वास्थ्य सेवा सञ्चालन गर्न सहज भएको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए। निर्माण सम्पन्न भएपछि आयोजनाले सम्बन्धित स्थानीय तह र वडाको रोहवरमा भवन हस्तान्तरण गरेको थियो। 

निर्माण सम्पन्न नहुँदा ती स्वास्थ्यचौकी भवन अलपत्र थिए। तर आयोजनाले ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने गरी सूचना जारी गर्दै कडाइ गरेपछि निर्माण व्यवसायीहरू धमाधम सम्पर्कमा आएर काम गर्न थालेको आयोजना प्रमुख सुमन मिश्रले बताए। 

पटक–पटक म्याद थप गरे पनि निर्माण व्यवसायीले काम सम्पन्न गर्न नसक्दा स्वास्थ्यचौकी भवन अलपत्र परेका थिए। कतिपय स्वास्थ्यचौकी भवनको काम ८० देखि ९० प्रतिशतसम्म सम्पन्न भएका थिए। बाँकी केही काम नसक्दा अलपत्र परेका थिए।ब कार्यालय प्रमुख मि      श्रले जिल्लामा रुग्ण योजना नभएको बताए। केही योजना क्रमागत रूपमा सञ्चालन भइरहेका छन्। तर वर्षौंदेखि अलपत्र रुग्ण योजना छैनन्। उनले आफू सरुवा भएर आइसकेपछि अलपत्र रुग्ण योजनालाई चाँडो निर्माण सम्पन्न गराउन कार्ययोजनासहित अघि बढेको बताए। सोही अनुरूप काम गर्दा रुग्ण योजना निर्माण सम्पन्न गराउन सफल भएको बताए।  

तत्कालीन जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) धनकुटा खारेज हुँदा उक्त कार्यालय सम्पूर्ण जिम्मेवारी सघन सहरी तथा भवन निर्माण आयोजनामा सरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.