नवलपरासीमा अनाहकमा ज्यान गुमाउनेको संख्या बढ्दै

नवलपरासीमा अनाहकमा ज्यान गुमाउनेको संख्या बढ्दै
सांकेतिक तस्बिर।
सुन्नुहोस्

परासी : घरमा भएको सामान्य झैंझगडा, आर्थिक लेनदेन, असफलता, वितृष्णलगायतका कारण मानिसले आत्महत्या गरेर अनाहकमा ज्यान गुमाउँदै आएका छन्। पछिल्लो पटक देशभर नै यसरी अनाहकमा ज्यान गुमाउनेको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ। 

नवलपरासीमा पनि आत्महत्या गरेर अनाहकमा ज्यान गुमाउनेको संख्या वर्षेनी बढ्दै गएको देखिएको छ। वैदेशिक रोजगारी, प्रविधिको दुरुपयोग, बेरोजगारी, विभिन्न रोगको सिकारलगायतका कारणले पनि आत्महत्याको दर बढ्दै गएको पाइएको हो। बालबालिकाहरूमा पनि आत्महत्याको दर उच्च हुनु निकै चिन्ताको विषय भएको सरोकारवालाहरुले बताएका छन्।
 

जिल्ला प्रहरी कार्यालय नवलपरासीको तथ्यांकअनुसार यो घटना वर्षेनी बढ्दो छ। आत्महत्या गर्ने बढे पनि त्यसलाई रोकथाम गर्नका लागि प्रभावकारी उपायको खोजी गरि त्यसबारे सचेतना जगाउन नसक्दा यस्ता घटना बढ्दै गएको सरोकारवालाहरुले बताएका छन्। पछिल्लो चार वर्षको तथ्यांकमा नवलपरासीमा ३९० जनाले आत्महत्याबाट ज्यान गुमाएका छन्। जसमा आव २०७७/०७८ मा १०८, आव २०७८/०७९ मा १०१, २०७९/०८० मा ७५ जनाले ज्यान गुमाएका छन्। गत आव २०८०/०८१ मा मात्र जिल्लामा १५ बालबालिकासहित १०६ जनाले आत्महत्याबाट ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रेशम बोहराले जानकारी दिए। आत्महत्या गर्नेमा पुरुषको संख्या बढी छ। जसमा ५४ पुरुष र ३६ जना महिला छन्।

गत आवमा सबैभन्दा बढी आत्महत्या गर्ने पालिकामा सुनवलमा २४ जना छन्। त्यस्तै रामग्राममा १७, बर्दघाटमा प्रतापपुरका १६ जनाले आत्महत्या गरेका छन्। बर्दघाट र सुस्तामा १४/१४ जनाले आत्महत्या गरेका छन्।  सरावलमा १३ र पाल्हीनन्दनमा ८ जनाले गतवर्ष आत्महत्या गरेको प्रहरी तथ्यांकमा उल्लेख छ। नेपालमा दैनिक सरदर १९ जनाले आत्महत्या गर्ने गरेको तथ्यांक छ भने नवलपरासीमा सरदर मासिक ९ जनाले आत्महत्या गर्ने गरेको देखिएको छ। आत्महत्या गर्ने मध्ये ज्याला मजदुरी गर्ने, कृषि गरेर जिविकोपार्जन गर्नेको संख्या बढी छ। आत्महत्या गर्ने मध्ये सबैभन्दा बढी १६  देखि २५ वर्ष उमेर समुहका छन्। सबैभन्दा बढी विष सेवन र झण्डिएर आत्महत्या गर्ने छन्। 
 

जिल्लामा पछिल्लो चार वर्षको अवधिमा ७४८ जनाले आत्महत्या प्रयास गरेका थिए। उनीहरुमध्ये केहीलाई औषधि उपचार र केहीलाई उद्दार गरेर जोगाइएको प्रहरीले जनाएको छ। जिल्लामा आत्महत्याका घटना बढ्दै गएपछि समिति गठन गरेर त्यसको न्यूनीकरणसहित नियन्त्रणको उपाय खोज्न प्रयासको थालनीसमेत गरिएको छ। त्यसका लागि जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ‘आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन अभियान समिति’ गठन गरिएको छ। समितिमा प्रहरी, स्वास्थ्य संस्था, सामाजिक संस्था, गैरसरकारी संस्थालगायतका प्रतिनिधि रहेका छन्। समितिले आत्महत्याका घटनाको विश्लेषण तथा न्यूनीकरणका लागि वडा तहसम्म अभियान सञ्चालन गर्ने जनाएको छ। 

आर्थिक, सामाजिक र पारिवारिक कारणले निम्त्याउने मानसिक तनावहरुलाई अभियानमार्फत सम्बोधन गरेर आत्महत्या न्यूनीकरणको प्रयासमा लाग्नु पर्नेमा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जोड दिइन्।  जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ज्ञानेन्द्र प्रसाद फुयालले आत्महत्याको नकरात्मक सोँच आएको अवस्थामा हेल्पलाइनमा सम्पर्क गरी आवश्यक परामर्श लिन आग्रह गरे। पृथ्वीचन्द्र अस्पताल परासीकी चिकित्सक डाक्टर सुस्मिता उपाध्यायले आत्महत्याका विषयमा खुलेर कुरा गर्नुपर्ने र कारण पत्ता लगाइ न्यूनीकरणतर्फ लाग्नुपर्नेमा जोड दिइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.