‘सन्‍न्यासबारे पुनर्विचार गर्छु’

‘सन्‍न्यासबारे पुनर्विचार गर्छु’
सुन्नुहोस्

लन्डन : इङ्ल्यान्डका चर्चित बलर जेम्स एन्डरसनले सन्न्यासबारे पुनर्विचार गर्न सक्ने बताएका छन। उनले आफ्नो सक्रिय खेलाडी जीवन जारी राख्न एक पटक पुनर्विचार गर्ने योजनामा रहेको बताएका हुन्। ‘म अहिले पनि फिट छु। एउटा सक्रिय खेलाडीमा हुनुपर्ने सम्पूर्ण गुण मसँग छ’, ४२ वर्षीय एन्डरसनले भनेका छन्, ‘ह्वाइट बल क्रिकेट अझै खेल्न सक्छु भन्ने लागेको छ।’

इङ्ल्यान्डका लागि सर्वाधिक विकेट लिने खेलाडी एन्डरसनले एक सय ८८ टेस्टमा सात सय चार विकेट लिएका छन्। उनी टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने तीव्र गतिका बलर हुन्। उनले गत जुलाईमा लड्समा वेस्ट इन्डिजविरुद्धको खेलमा इङ्ल्यान्डलाई जित दिलाएपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका थिए।

‘म सीमित ओभरको खेल खेल्दै आफ्नो सक्रिय खेलाडी जीवनलाई निरन्तरता दिन चाहन्छु’, उनले भनेका छन्, ‘मैले आफ्नो क्रिकेट करियरका बारेमा अहिलेसम्म केही भनेको छैन। तर, इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट भने अब खेल्दिनँ।’ उनले आफूले अहिलेसम्म कुनै पनि फ्रेन्चाइज प्रतियोगितामा प्रतिस्पर्धा नगरेको बताउँदै अरुको खेल हेर्दा आफूले पनि सक्छु कि भन्ने लागेको बताए।

‘अहिलेसम्म कुनै पनि फ्रेन्चाइज प्रतियोगिता खेलेको छैन। तर, द हन्ड्रेडको खेल हेर्दा र बल स्वीङ भएको देख्दा म पनि खेल्न सक्छु कि भन्ने लागेको छ’, उनी भन्छन्, ‘मलाई थाहा छ कि मैले खेलेको धेरै समय भइसक्यो। मेरो उमेर पनि दिनदिनै बढिरहेको छ। तर, पनि मलाई क्रिकेटको छोटो प्रारुपमा फिट हुन्छुजस्तो लाग्छ।’ उनले आफ्नो खेल जीवनका बारेमा चाँडै नै निर्णय गर्ने बताउँदै आफूलाई बन्द कोठाभित्र भने सीमित नराख्ने बताए। 

एन्डरसनले सीमित ओभरको खेल खेलेको लामो समय भइसकेको छ। उनले सन् २०१४ मा पछिल्लो पटक टीट्वेन्टी खेल खेलेका थिए। उनले आफ्नो करियरको पछिल्लो १० वर्ष ‘रेड बल’ क्रिकेटमा मात्रै समर्पित गरेका थिए। एन्डरसन सीमित ओभरको खेलमा आफूलाई सक्रिय राख्ने योजना बनाइरहँदा इङ्ल्यान्ड भने सन् २०२५ को एसेज शृंखला अघि नै प्रशिक्षकको भूमिकामा राखेर उनको विशेषज्ञताको लाभ उठाउने योजनामा छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.