खुम्चिएको राजस्व

खुम्चिएको राजस्व
सुन्नुहोस्

वैदेशिक मुद्राको सञ्चितिमा वृद्धि, रेमिट्यान्स आप्रवाहमा वृद्धिलगायत अर्थतन्त्रका बाह्य सूचकमा सुधार थियो । तर अर्थतन्त्र चलायमान हुन नसक्नुको मुख्य कारण सूक्ष्म अर्थतन्त्रका सूचक कमजोर हुनु नै हो । सरकार आफ्नै राजस्व लक्ष्य पूरा गर्न पनि असमर्थ रह्यो । गत आवमा राजस्व आम्दानी कमजोर भयो, त्यसमा पनि भन्सार राजस्वमा व्यापक गिरावट आयो । भन्सार राजस्व कम हुनु भनेको आयात कम हुनु हो । उपभोक्तामा क्रयशक्ति भएन र आयातका विषयमा राज्यले कतिपय सबालमा कडा नीति अवलम्बन ग¥यो । आउने सामानमै भन्सार लिने देशले निर्यातबाट खास राजस्व उठाउन सक्दैन, किनभने निर्यात अत्यन्तै कमजोर छ हाम्रो देशको । बरु वैदेशिक अध्ययनमा जाने विद्यार्थीले तिरेको शिक्षा सेवा शुल्क भने लक्ष्यभन्दा बढी थियो गतवर्ष । कारण उही हो कि किशोरकिशोरीलाई जतिसक्दो देश छाड््ने मन छ, सके जतिले छाडेका छन््, अध्ययनचाहिँ बहानामात्रै हो । 

विदेश पढ््न जाने विद्यार्थीको संख्या बर्सेनि बढ््दै गएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आवको ११ महिनामा मात्रै शिक्षामार्फत १ खर्ब १७ अर्ब १ करोड रुपैयाँ बाहिरिएको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा २७ अर्ब रुपैयाँ जतिले धेरै हो । वैदेशिक अध्ययनमा जान १ लाख १२ हजार विद्यार्थीले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिएका थिए । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारले शिक्षा सेवा शुल्क कर २ अर्ब ८१ करोड २ लाख रुपैयाँ उठाउने लक्ष्य राखेको थियो । तर उठ्यो ३ अर्ब २६ करोड ३८ लाख रुपैयाँ । कि सरकारले सोचेभन्दा धेरै विद्यार्थीले विदेशको गन्तव्य समाए । दाहाल सरकारले ३ खर्ब ७ अर्ब भन्सार कर उठाउने लक्ष्य राख्दा २ खर्ब १ अर्ब रुपैयाँमात्रै उठाउन सक्यो । त्यसमा पनि निर्याततर्फको हिस्सा ज्यादै कम रह्यो । 

नागरिकमा आत्मविश्वास भर्न नै सरकार चुकेको थियो । त्यसैको फलस्वरूप युवा पलायन वृद्धि भयो । शिक्षा सेवा शुल्क त लक्ष्यभन्दा ज्यादा उठ्यो, तर भन्सारलगायत समग्र राजस्व आम्दानी संकलनमा लक्ष्यभन्दा धेरै कममात्रै सफलता मिल्यो । १४ खर्बको लक्ष्य राख्दा त्यो अधुरै रह्यो । देशमा न व्यावसायिक वातावरण न रोजगारी सिर्जना र न भविष्यको उज्यालो । त्यस्तो वातावरण भएकैले आर्थिक सफलता पाउन सरकार चुकेको हो । तर खासमा त्यसको मूल्य भने खास कुनै सरकारले भन्दा पनि मुलुकलाई भारी परेको छ । कुनै खास सरकारको उपस्थितिले कति अर्थ राख्छ भन्ने सन्देश पनि हो, दाहाल कार्यकाल । राजनीतिक उथलपुथलमै रुमलिएका उनले देशलाई दिशा दिन नसक्दा नै राजनीतिका अलावा मुलुकले आर्थिक र सामाजिक क्षतिसमेत व्यहोर्नुप¥यो । यी सबै तथ्य वर्तमान सरकारका लागि शिक्षा हुन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.