आज यी स्थानमा भारी वर्षा, सतर्क रहन अनुरोध
काठमाडौं : आज दिनभरि सबै प्रदेशका केही ठाउँमा मेघ गर्जन/चट्याङ्ग सहित मध्यम वर्षा भए पनि राती भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । आज बिहान बागमती र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
त्यस्तै शुक्रबार र शनिबार पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाइएको छ।
भारी वर्षा हुने स्थानमा रहने सबैलाई महाशाखाले सम्भावित संकटबाट जोगिन सतर्क रहन अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस !
४