पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
सुन्नुहोस्

सिन्धुली : मध्ये पहाडी लोकमार्ग अन्तर्गत सिन्धुली जिल्लाको खुर्कोट–घुर्मि खण्ड अवरुद्ध भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ अक्करे भिरमा  अविरल वर्षाका कारण आएको पहिरो, ढुङ्गा र माटोसहितको लेदोको कारण सडक अवरुद्ध भएको हो ।

सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेका अनुसार बिहिबार बिहान पौने ६ बजेदेखि सडक अवरुद्ध भएको हो । सडक माथिबाट आएको पहिरो, ढुङ्गा र माटोसहितको लेदोको कारण दुबैतर्फको सडक अवरुद्ध भएको छ । अवरुद्ध खडक खुलाउन इलाका प्रहरी कार्यालय खुर्कोट र प्रहरी चौकी ग्वाल्टारका प्रहरी उक्त स्थानमा पुगिसकेको प्रहरी प्रमुख काफ्लेको भनाइ छ । 

सडक  अवरुद्ध हुँदा पहाडी जिल्लाहरु खोटाङ, ओखलढुंगा, सोलुखुम्बुबाट राजधानी काठमाडौं हिँडेका सवारीसाधन र राजधानीबाट ती जिल्लामा आएका सवारीसाधन बीच बाटोमा नै रोकिएर अलपत्र परेका स्थानीयले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.