संघीय संसद्को दुई संयुक्त समितिका सभापति आज चयन हुने

संघीय संसद्को दुई संयुक्त समितिका सभापति आज चयन हुने
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : संघीय संसद्को दुई संयुक्त समितिमा आज सभापति चयन हुने भएको छ।  बुधबार संसदीय सुनुवाइ समितिमा कांग्रेसकी ईश्वरीदेवी न्यौपाने र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा नेकपा एमालेका सांसद ठाकुर गैरेले उम्मेदवार दिएका छन्। उनीहरुको एकल उम्मेदवार परेकाले सर्वसम्मत चयन हुन लागेका हुन्। 

संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार दुई वटै समितिको बैठक आज दिउँसो ३ बजे बोलाइएको छ। समितिको सभापति पदको निर्वाचन सम्बन्धका लागि राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको पहिलो बैठक कानून, न्याय तथा मानव अधिकार समितिको सभाकक्ष सिंहदरबारमा बस्दैछ।

संसदीय सुनुवाइ समितिको चौत्तिसौं बैठक सार्वजनिक लेखा समितिको हलमा बस्दैछ। यस अगाडि जेष्ठ सांसद पशुपति शमसेर राणाको अध्यक्षतामा बैठक बस्दै आएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.