जसपा नेपालको चार महिने अभियान भदौबाट, केन्द्रीय सदस्यलाई जिम्मेवारी तोकियो

जसपा नेपालको चार महिने अभियान भदौबाट, केन्द्रीय सदस्यलाई जिम्मेवारी तोकियो
सुन्नुहोस्

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय सदस्यहरुलाई  चार महिने अभियानमा खटाएको छ। ललितपुरमा चारदिनसम्म चलेको बैठकले पार्टीका केन्द्रीय नेताहरुलाई आधारभूत संगठन निर्माण अभियानमा खटाएको जसपाका नेता पूर्ण बस्नेतले जानकारी दिए। 

जसपा नेपालले पाँच लाख नयाँ संगठित क्रियाशील सदस्य थप्ने लक्ष्य निर्धारण गरेर आधारभूत संगठन निर्माण अभियान सुरु गर्न लागेको हो। बस्नेतका अनुसार पार्टीका २१५ केन्द्रीय सदस्यलाई देशभरिका विभिन्न पालिका समितिको अभियन्ताको रुपमा खटाएको हो। सबै स्थानीय तहअन्तर्गतका टोल, बुथ, वडा, गाउँ नगर, प्रदेश सभा र संघीय निर्वाचन क्षेत्रस्तरसम्म संगठनको सञ्जाल विस्तार गर्ने अभियानको उद्देश्य रहेको छ। अभियानको नेतृत्व केन्द्रीय समितिले गर्नेछ। पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुलाई अभियानको अनुगमनका लागि खटाइने छ। 

भदौको पहिलो साता सुरू हुने अभियान अध्यक्ष उपेन्द्र यादवले उद्‍घाटन गर्नेछन्। अभियानको क्रममा प्रदेश स्तरीय अभिमुखीकरणको आयोजना गरिने भएको छ। जसअनुसार विराटनगरमा भदौ १८ गते, जनकपुरमा भदौ १५ गते, वीरगञ्जमा भदौ १७ गते, काठमाडौंमा भदौ ९ गते, भैरहवामा भदौ २३ गते, नेपालगञ्जमा भदौ २४ गते, पोखरामा भदौ २५  गते र टीकापुर धनगढीमा भदौ २५ गते प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम हुने छ। 

बैठकमा अध्यक्ष यादवले आगामी चार महिनासम्म संगठन निर्माण, विस्तार, शुद्धीकरण र सुदृढीकरण अभियानमा होमिन सम्पूर्ण पार्टी-पंक्तिलाई निर्देशन दिएका थिए। अभिमुखीकरणमा सम्बन्धित प्रदेशका केन्द्रीय कार्यकारिणी सदस्यहरु, अभियन्ताहरु, केन्द्रीय निकाय, विभागका प्रमुख तथा सदस्यहरु, प्रदेश तथा राष्ट्रिय समितिका पदाधिकारी, जिल्ला तथा पालिकाका पदाधिकारी, जनप्रतिनिधिहरु तथा जनसंगठनका पदाधिकारीहरु सहभागी हुने बस्नेतले बताए। भदौ महिनादेखि सुरु हुने अभियान मंसिर मसान्तसम्म सञ्चालन हुने छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.