भारत स्वतन्त्रता दिवसमा कांग्रेस सभापति देउवाले दिए शुभकामना

भारत स्वतन्त्रता दिवसमा कांग्रेस सभापति देउवाले दिए शुभकामना
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको ७८ औं स्वतन्त्रता दिवसका अवसरमा शुभकामना दिएका छन् । पूर्वप्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल एक्समार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना दिएका हुन् ।

शुभकामना सन्देशमा सभापति देउवाले भनेका छन्,‘हाम्रा दुई राष्ट्रबीचको मित्रताको सम्बन्ध अझै मजबुत हुँदै जाओस्,र हाम्रा दुवै देशले समृद्धि र नयाँ उचाइ हासिल गरोस्।’

आज अगस्ट १५ मा भातमा स्वतन्त्रता दिवस मनाइँदैछ । यस अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ११ औं पटक लाल किल्लामा राष्ट्रिय झन्डा फहराउने छन् । ७८ औँ स्वतन्त्रता दिवसको नारा विकसित भारत हो। यसअन्तर्गत स्वतन्त्रताको सय वर्षमा भारतलाई सन् २०४७ सम्ममा विकसित राष्ट्र बनाउने लक्ष्य राखिएको छ ।

सन् १९४७ मा बेलायती उपनिवेशबाट मुक्त भएको दिनको सम्झनामा भारतमा हरेक वर्षको अगस्ट १५ तारिखका दिन स्वतन्त्रता दिवस मनाउदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.