राष्ट्रियसभा बैठक बस्दै, प्रधानमन्त्रीले लिखित प्रश्नको टेबुल गर्ने

राष्ट्रियसभा बैठक बस्दै, प्रधानमन्त्रीले लिखित प्रश्नको टेबुल गर्ने
सुन्नुहोस्

काठमाडौं : संघीय संसदअन्तर्गत राष्ट्रिय सभा बैठक बस्दैछ। बैठक बिहीबार दिउँसो १ बजेर १५ मिनेटका लागि डाकिएको संघीय सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले जानकारी दिए।

आजको बैठकमा  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको उत्तर टेबुल गर्ने कार्यसूची छ।

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन,गृह र ऊर्जा,जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूचीमा उल्लेख छ।

यसैगरी राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषदको मर्यादाक्रममा हेरफेरसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनेछन्। 

बैठकमा अध्यक्ष दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउने संभावित कार्यसूचीमा उल्लेख छ।

प्रधानमन्त्री ओलीले महालेखापरीक्षकको ६१ औं वार्षिक प्रतिवेदन २०८१ सभासमक्ष पेश गर्नेछन्। 

बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाहरूको स्थलगत अध्ययन,अवलोकन तथा अनुगमन सम्बन्धी प्रतिवेदन २०८१ सभासमक्ष पेश गर्ने कार्यसूची छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.