गोसाँइकुण्ड जाने यात्रुलाई लौरो बेच्दै बालबालिका
रसुवा : विद्यालय बिदाको समयमा गोसाँइकुण्डमा भदौ ३ गते लाग्ने जनैपूर्णिमा मेलाका लागि आउने यात्रीका लागि लौरो बेच्दै आम्दानी लिने गरेका छन्।
बालबालिकाहरू अहिले सदरमुकाम धुन्चे, घट्टेखोलालगायतका स्थानमा हातहातमा लौरो दिन आउँछन्। गोसाइकुण्ड जाने यात्रीलाई उकालो बाटोमा लौरो टेकेर यात्रा गर्न सहज हुने भएकोले लौरो टेकेर हिंड्ने गर्दछन् भने पहिलो पटक कुण्ड जानेको लौरो चढाउने चलन पनि रहेको छ।
बालबालिकाहरू विद्यालय छुट्टीको समयमा सदुपयोग गरी लौरो बेचेर कापी कलम किन्ने खर्चको जोहो गरिरेहका बालबालिकाको भनाइ छ। यसरी मेलाभर लौरो बेचेर ५ हजार रुपैयाँ कमाउने बालबालिकाहरू बताउँछन्।
उनीहरुले प्रति लौरो १ सय रुपैयाँमा बिक्री गरेको बताउँछन्। यात्रुले बाटोमा लौरो छानेर किन्ने गर्दछन्। गोसाइकुण्ड जाँदा उकालो बाटो फर्दका ओरोलोमा पनि लौरो टेकेर यात्रा गर्न सजिलो हुने हुनाले अधिकांश यात्रु लैरो टेकेर यात्रा गर्न रुचाउँछन्।
विद्यालय छुट्टीको समय भएकोले यस मेलामा लौरो तथा स्थानीय स्याउ, पूजाको सामग्री तथा बाटोमा भेटिने चिया पसलमा पनि बालबालिकाहरू सामान बिक्री गर्दै गरेको भेटिन्छन्।