संसदीय सुनुवाइ समिति सभापतिको निर्वाचन आज

संसदीय सुनुवाइ समिति सभापतिको निर्वाचन आज

काठमाडौं : संघीय संसद्को संसदीय सु्नुवाइ समितिको सभापतिको निर्वाचन आज हुने भएको छ। सभापतिको निर्वाचनका लागि समितिको बैठक बिहीबार दिउँसो ३ बजेलाई बोलाइएको छ। सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सभापतिका लागि निर्वाचन हुनेछ।

 
यसैगरी राज्यका निर्देशक सिद्धान्त र नीति र दायित्वको अनुगमन तथा मूल्यांकन समितिको सभापतिको निर्वाचन पनि आजै हुने भएको छ। सो समिति सभापतिका लागि निर्वाचन सार्वजनिक लेखा समितिको हलमा हुनेछ।

बुधबार संघीय संसद सचिवालयले दुवै समितिका सभापतिको निर्वाचनका लागि  निर्वाचन कार्यक्रम प्रकाशन गरिसकेको छ।

निर्वाचन कार्यक्रमअनुसार समितिका कुनै सदस्यहरूलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने भनी अर्को एक सदस्यको समर्थनसहित बुधबार दिनको २ देखि ४ बजेसम्म नयाँबानेश्वर संसद भवनस्थित महासचिवको कार्यकक्षमा प्रस्तावकले प्रस्ताव दर्ता गर्नुपर्नेछ। सोही दिन ४ : ३० बजे निर्धारित समयभित्र दर्ता भएको प्रस्वावको क्रमअनुसार सूची प्रकाशित हुनेछ।

त्यसपछि सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले समर्थक गरेपछि प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ।

प्रतिनिधिसभा निर्वाचन भएको लामो समयपछि ती समितिका सभापति चयन हुन लागेका हुन् । हालसम्म संसदीय सुनुवाइ समितिको बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा सञ्चालन हुँदै आएको थियो।  राज्यका निर्देशक सिद्धान्त र नीति र दायित्वको अनुगमन तथा मूल्यांकन समिति नै गठन भएको थिएन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.