गम्भीर घाइते तीनजना काठमाडौं रिफर

सिन्धुलीमा बोलेरो दुर्घटना (अपडेट) : वडा सदस्यसहित तीन जनाको मृत्यु

सिन्धुलीमा बोलेरो दुर्घटना (अपडेट) : वडा सदस्यसहित तीन जनाको मृत्यु
तस्बिर : अन्नपूर्ण

सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिका- २ चियाबारी नजिकै डबल क्याप बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा गोलन्जोर गाउँपालिका- ६ हैबारका पृथ्वी भुजेल, सोही वडाको नाकाजोलीका उदय बहादुर मस्राङ्गी मगर र पवन मस्राङ्गी मगर रहेका छन् । 

बीपी राजमार्गको सिन्धुलीमाडी खुर्कोट खण्ड अन्तर्गत चियाबारी नजिक बिहीबार भएको बोलेरो दुर्घटनामा परि पृथ्वी र उदयको घटनास्थलमै मृत्यु भएको हो । पवनको सिन्धुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए । मृतक उदय गोलन्जोर गाउँपालिका ६ का निर्वाचित वडा सदस्य समेत हुन् ।

गोलन्जोर गाउँपालिकाको-६ को हैबार नाकाझोलीबाट सिन्धुली सदरमुकाम माढीबजार तर्फ आउँदै गरेको तरकारी तथा खाद्यान ओसार पसार गर्ने डबल क्याव बा २० च ८२८३ नम्बरकोबोलेरो सडकमै पल्टिएको थियो । दुर्घटनाका पाँच जना घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । 

उनीहरूलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । अन्य घाइतेको सिन्धुली अस्पतालमा उपचार भइरहेको सिन्धुली प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.