राष्ट्र बैंकले खारेज गर्यो दुई मनिचेञ्जरको इजाजत
काठमाडौं : नेपाल राष्ट्र बैंकले दुईवटा मनिचेञ्जरको इजाजतपत्र (लाइसेन्स) रद्द गरेको छ। तोकिएको समयमा लाइसेन्स नवीकरण गरेकाहरूले उनीहरूको इजाजतपत्र रद्द गरिएको बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार ठमेलस्थित रेन्बो मनि एक्स्चेञ्ज प्रालि र पुल्चोकस्थित कसा मनि एक्सचेञ्ज प्रालिको इजाजतपत्र रद्द गरिएको हो। साउन २८ गतेदेखि लागू हुनेगरी इजाजत पत्र रद्द गरिएको बैंकले जनाएको छ।
नेपाल राष्ट्र बैंक मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उपनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले इजाजतपत्र रद्द गर्ने निर्णय गरिएको बैंकले जनाएको छ।