दुई दलीय व्यवस्था लाद्‍न खोजेको झक्कुको आरोपपछि नारायणदत्तले भने- कांग्रेसलाई अर्तिउपदेश दिन जरुरी छैन

दुई दलीय व्यवस्था लाद्‍न खोजेको झक्कुको आरोपपछि नारायणदत्तले भने- कांग्रेसलाई अर्तिउपदेश दिन जरुरी छैन
सुन्नुहोस्

काठमाडौं : राष्ट्रियसभा सदस्य झक्कुप्रसाद सुवेदीले कांग्रेस-एमाले मिलेर अरु पार्टीलाई सिध्याउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।

बिहीबार राष्ट्रियसभाको विषेश समयमा बोल्दै सुवेदीले संविधान संशोधनमार्फत १० प्रतिशत थ्रेस होल्ड राखेर अरु पार्टी सिध्याउने षड्यन्त्र भइरहेको बताए। उनले लामो संघर्षपछि मुलुममा अधिकारप्राप्त संविधान बनेको भन्दै यसलाई मास्ने काम स्वीकार्य नहुने जिकिर गरे। जनताबाट निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थाका साथै पूर्ण समानुपातिक प्रणालीका लागि संविधान संशोधन गर्न उनले सुझाव दिए।

सुवेदीले लामो प्रजातान्त्रिक इतिहास बोकेको पार्टी कांग्रेस नै दुई दलीय प्रणालीमा विश्वास गर्ने अवस्था आउनु उचित नभएको बताए। दुई दलीय प्रणालीबाट देशलाई कब्जा गर्न खोजे बंगलादेशको जस्तो अवस्था आउनसक्ने उनले बताए।

त्यस्तै राष्ट्रियसभा सदस्य नारायणदत्त भट्टले मुलुकको विभिन्न आन्दोलनमा कांग्रेसले खेलेको भूमिकालाई अवमूल्यन नगर्न आग्रह गरे। कांग्रेसका कारण मुलुक अहिलेको अवस्थामा आएको र सबैले बोल्नसक्ने अवस्था सिर्जना भएको उनले बताए। उनले प्रजातन्त्रवादी दललाई कसैले अर्तिउपदेश दिन जरुरी नरहेको जिकिर गरे।

त्यस्तै दत्तले कांग्रेस र माओवादीले संयुक्त मत मागेर परिणाम आए पनि जनतालाई बेइमानी कसले गर्‍यो भन्ने स्पष्ट रहेको बताए 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.