स्याङ्जामा नागरिकताभन्दा राहदानी लिने बढी

स्याङ्जामा नागरिकताभन्दा राहदानी लिने बढी
सुन्नुहोस्

स्याङ्जा : स्याङ्जामा नागरिकताभन्दा राहदानी लिनेको संख्या बढी देखिएको छ। गत वर्ष नागरिकताभन्दा ५ हजार ३ सय ३५ वटा बढी राहदानी लिएको पाइएको हो।

आर्थिक वर्ष २०८०/८१ मा प्रशासन कार्यालय स्याङ्जाबाट ९ हजार ४ सय ८७ वटा नागरिकता वितरण भएको हो। यी वंशजका आधारमा लिएका नागरिकता हुन्।

यसैगरी १४ हजार ८ सय २२ वटा राहदानी वितरण भएको थियो। सदरमुकाममा रहेको जिल्ला प्रशासन कार्यालय र वालिङस्थित इलाका प्रशासन कार्यालयबाट नागरिकता तथा राहदानी वितरण हुँदै आएको छ।

जिल्लाको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै जिल्लाको मध्य भाग पार्ने गरी वालिङमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ। यसो गर्दा उत्तरतर्फ जिल्ला प्रशासनमा र दक्षिणतर्फका नागरिकलाई इलाका प्रशासनमार्फत प्रशासनिक सेवा सुविधा उपलब्ध गराउँदै आइएको छ।

यसैगरी वैवाहिक अंगीकृत नागरिकता लिनेमा स्याङ्जाका २४ जना रहेका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए। २५ हजार ४ सय ९ राष्ट्रिय परिचयपत्र वितरण भएको र पुराना नागरिकताका अभिलेखीकरण गर्ने कार्य सबै सकिएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.