कामु प्रधानसेनापति सिग्देललाई प्रधानसेनापति बनाउन राष्ट्रपतिसमक्ष सिफारिस
काठमाडौं : सरकारले नेपाली सेनाको कायम मुकायम प्रधानसेनापति अशोकराज सिग्देललाई प्रधानसेनापति बनाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कामु प्रधानसेनापति सिग्देललाई प्रधानसेनापति बनाउन सरकारले सिफारिस गरेको एक मन्त्रीले बताए।
सरकारले गत साउन १४ गते सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिएको थियो। प्रधानसेनापति प्रभुराम शर्मा भदौ २४ मा अवकासमा जाने भएपछि साउन २४ गतेदेखि बिदामा बसेका छन्। त्यसपछि सिग्देललाई कामुको जिम्मेवारी दिइएको छ।
भदौ २४ गते शर्मा अवकासमा गएपछि सिग्देलले सेनाको कमान्ड सम्हाल्नेछन्।