६३ जना सहसचिवको सरुवा
काठमाडौं : सरकारले ६३ जना सहसचिवको सरुवा गरेको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको सरुवा गरेको एक मन्त्रीले बताए।
त्यस्तै बैठकले परराष्ट्र सचिव लम्साल बेल्जियमकाे राजदूतमा सिफारिस गरेको छ भने परराष्ट्र मन्त्री आरजु राणा देउवाको भारत भ्रमण स्वीकृत गरेको छ। मन्त्री राणा भदौ २ गते ५ दिने भारत भ्रमणमा जाँदैछिन्।