भीमदत्तद्वारा कर संकलनमा त्रुटि भएको स्वीकार

भीमदत्तद्वारा कर संकलनमा त्रुटि भएको स्वीकार
सुन्नुहोस्

महेन्द्रनगर : तरकारीमा ऐनविपरीत अन्तरपालिका कर उठाउँदै आएको कञ्चनपुरको भीमदत्त नगरपालिकाले कर संकलनमा त्रुटि भएको स्वीकार गरेको छ। चौतर्फी विरोधपछि पालिकाले भारत तथा अन्य मुलुकबाट आउने तरकारीमा मात्रै कर उठाउने भएको छ। 

यसअघि नगरपालिकाले आफ्नै ऐनविपरीत अन्तरपालिका कर उठाउँदै आएको थियो। गत सोमबार अन्नपूर्ण पोस्टमा ऐनविपरीत अन्तरपालिका कर उठाउँदै भीमदत्त शीर्षकमा समाचार प्रकाशित भएपछि नगरपालिकाको चौतर्फी विरोध भएको थियो। 

समाचार प्रकाशित भएपछि यहाँका राजनीतिक दलहरूले नगरपालिकाले किसानबाट गैरकानुनी रूपमा कर संकलन गरेको भन्दै विरोध जनाएका थिए भने व्यवसायीहरूले मंगलबारदेखि महेन्द्रनगरस्थित सब्जीमण्डी बन्द गरेका थिए। किसानहरूले तरकारी ल्याउन छोडेपछि जिल्ला बाहिरबाट आउने तरकारीसमेत आयात हुन सकेको थिएन। बुधबार पनि व्यवसायीहरूले तरकारी बजार ठप्प पारेका थिए।

बुधबार भीमदत्त नगरपालिका र सब्जीमण्डी व्यवसायी संघबीच छलफल भएको थियो। उक्त छलफलमा नगरपालिकाले आर्थिक ऐनबमोजिम र ठेकेदारलाई दिएको कार्यादेशअनुसार नै कर संकलन गर्ने सहमति भएको सब्जीमण्डी व्यवसायी संघका अध्यक्ष विशाल सोनारले जानकारी दिए। ‘छलफलमा नगरपालिकाले आर्थिक ऐनअनुसार नै कर संकलन गरिने आश्वासन दिएको छ’ उनले भने, ‘नगरपालिकाका प्रशासकीय अधिकृतबाट नियमसंगत नै कर संकलन गर्ने आश्वासन पाएपछि बिहीबारदेखि तरकारी बजार खोल्ने निर्णय गरेका छौं।’ उनका अनुसार पालिकाले यसअघि कर संकलनमा त्रुटि भएको स्वीकार गरेको छ।

नगरपालिकाको आर्थिक ऐन २०८१ मा भारत तथा अन्य मुलुकबाट आउने तरकारी र फलफूलमा मात्रै कर संकलन गर्ने उल्लेख छ। त्यसैगरी पालिकाले कर संकलनका लागि ठेक्का सम्झौता गरेको राखी कन्स्ट्रक्सनलाई भारत तथा अन्य मुलुकबाट आयात हुने तरकारीबाट मात्रै कर संकलन गर्ने कार्यादेश दिएको छ। भीमदत्त नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले मण्डी व्यवसायीसँग छलफल गरिएको बताए। ‘व्यवसायीसँग छलफल गरेका छौं। भोलिदेखि तरकारी बजार सुचारु गर्ने कुरा भएको छ’, धामीले भने, ‘भारत तथा अन्य मुलुकबाट आएको तरकारीमा मात्रै कर संकलन गर्ने हो। बीचमा के भएछ। कार्यादेशमा पनि त्यही छ त्यहीँअनुसार कर संकलन हुन्छ।’ उनले नगरपालिकाले कार्यादेशअनुसार नै कर संकलन गर्ने बताए। सब्जीमण्डी क्षेत्रमा नगरपालिकाले ठेक्कामार्फत कर संकलन गर्दै आएको छ।

भीमदत्त नगरपालिकाले अन्तरपालिका कर लिएपछि बुधबार तरकारी बजार बन्द गरेर आन्दोलनमा उत्रिएका व्यवसायी र किसान। र, अन्नपूर्ण पोस्ट्मा प्रकाशित समाचारको कटिङ। तस्बिर : महादेव अवस्थी।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.