प्रचण्डले फेरि थुमथुम्याए शर्मालाई

प्रचण्डले फेरि थुमथुम्याए शर्मालाई
सुन्नुहोस्

काठमाडौं : छलफल र बहसपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले तत्कालका लागि पार्टीभित्रको ‘असन्तुष्ट’ समूहलाई मत्थर पारेका छन्। स्थायी कमिटीको बैठकमा पार्टी उपमहासचिव जनार्दन शर्माले नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको प्रस्ताव गरेका थिए। त्यसले माओवादी बैठकमा प्रचण्ड सशंकित भएका थिए।

शर्माले उठाएको विषयलाई दस्ताबेजमा समेटन प्रचण्ड तयार भएपछि तत्काललाई विवाद साम्य भएको छ। शर्माले प्रचण्डलाई लिखित रुपमा नेतृत्व छोड्न एजेन्डा पेस गरेका थिए। ‘मैले जे जति प्रश्न र कुरा उठाएको छु अध्यक्षलाई सवल, सुढृढ बनाउनका लागि उठाएको हुँ भनेर शर्माजीले बैठकमा भन्नुभयो,’ प्रवक्ता अग्नि सापकोटाले सञ्चारकर्मीसँग भने, ‘उहाँले उठाएको राजनीतिक, वैचारिक सवालहरूलाई दस्ताबेजमा समेट्न कुनै समस्या नरहेको प्रचण्डजीले भन्नुभयो। उहाँले उठाएका विषय छलफलकै क्रममा छन्। प्रदेशमा पनि छलफल गर्दै जान्छौं। अनि निष्कर्षमा पुग्छौं।’

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थिति देखाएर विद्रोही देखिएका शर्मा समूहलाई अन्ततः तत्कालका लागि शक्ति सन्तुलन मिलाउँदै प्रचण्डले थुमथुम्याएका छन्। प्रचण्डले माओवादी फुट्ने कुरा गलत र निराधार भएको दाबी गरेका छन्। पार्टी कार्यालयमा जारी बैठकबाट बाहिरिने क्रममा बुधबार पत्रकारलाई प्रतिक्रिया दिँदै जनार्दन शर्माले पार्टी फुटाउँछ भन्याजस्तो विषयमा नभएको प्रष्ट पारे। 

‘केही समयदेखि पार्टी फुट्छ भनेर धेरै हल्ला भयो। कतिपय सन्दर्भमा आशंका र भ्रम पनि भए। यहाँ आउँदासम्म (बैठकको अन्ततिर) ती सबै भ्रम चिरिएका छन्’, कामरेड प्रभाकरले पार्टी फुटाउँछ भन्याजस्तो जुन माहोल बनेको छ, त्यो बिलकुल गलत हो। हाम्रो पार्टी एकताबद्ध भएको छ ’, प्रचण्डले भने।  

पार्टी उपमहासचिव शर्माले पार्टीको नेतृत्व नयाँ पुस्तालाई दिनुपर्ने बताउँदै आएका छन्। उनको प्रस्तावमा प्रचण्डले  सरकारको नेतृत्व गर्ने, दोस्रो तहका नेताहरूले खबरदारी गर्ने र तेस्रो तहका नेताहरूलाई पार्टीको नेतृत्वमा ल्याउनुपर्ने उल्लेख छ।

मोर्चा र एकतालाई प्राथमिकता

बैठकले पार्टीलाई व्यवस्थित, रूपान्तरण गर्न पनि योजना अगाडि बढाएको छ। त्यसैगरी पार्टी एकता, समाजवादी मोर्चालाई शक्तिशाली बनाउने बैठकबाट निष्कर्ष निकालेको छ। राष्ट्रियताको सवालमा देशभक्त, प्रगतीशिल शक्तिको मोर्चा देशमा अनिवार्य भइसकेको प्रवक्ता सापकोटाले बताए। ‘देसका कम्युनिस्ट पार्टीको आवश्यकता अनिवार्य छ। अनि पुनर्गठन पनि हुन जरुरी भइसक्यो। यसैतर्फ हाम्रो छलफल, बहस र प्रयत्न भइरहेको छ’, उनले भने, ‘माओवादी, एकीकृत समाजवादी, नेकपा(विप्लव) र महिन्द्र राय यादवको पार्टीसँग मोर्चा र एकताका लागि घनिभूत छलफल चलिरहेको छ।’

उपाध्यक्ष सापकोटाले पार्टीलाई रुपान्तरण र शुद्धीकरण गर्न मुख्य रूपमा छलफल भएको पार्टी बताए। उनले भने, ‘रूपान्तरणको आधार भनेको विचार, राजनीति र राजनीतिक कार्यदिसा हो।  आठौं महाधिवेशनले मार्गनिर्दिष्ट गरेको वैचारिक, राजनीतिक कार्यदिसा नै हाम्रो मार्ग निर्देशक कार्यदिसा हो। विचारको विकास गर्दै जानुपर्छ भन्ने बैठकको निष्कर्ष हो।’ 

सदन, सडक र १२२ स्थानीय तहलाई प्रभावकारी बनाउने बैठकले निर्णय गरेको छ। उनले भने, ‘७ सय ५३ स्थानीय तहमध्ये १ सय २२ स्थानीयमा माओवादी केन्द्रले नेतृत्वमा जितेको छ।  त्यहाँबाट समाजिक न्यायसहितको सुशासन, विकास र समृद्धिमा अरू स्थानीय तहलाई मोडेल प्रस्तुत गर्ने गरी काम गर्छौं।’

भदौमा प्रदेश, असोजमा केन्द्रीय कमिटीको बैठक

बैठकले पार्टीको केन्द्रीय कमिटीको बैठक व्यवस्थित असोजको पहिलो साता गर्ने निर्णय गरेको छ। त्यस अघि पार्टीको प्रदेश र प्रवासस्तर बैठक गर्ने निर्णय भएको प्रवक्ता सापकोटाले जानकारी दिए। ‘ती बैठकबाट आएको निष्कर्षका आधारमा दस्ताबेज बनाउँछौं। अनि असोजको पहिलो साता केन्द्रीय कमिटीको बैठक बस्छौं ’, उनले भने। माओवादी केन्द्रले लथालिंग पार्टीलाई व्यवस्थित बनाउन भदौ महिनाभरि प्रदेश, जनवर्गीय संगठन, आयोगलगायत बैठक गर्ने भएको छ।

‘को, कहाँ खट्ने पार्टीमा कार्यविभाजन अझै भएको छैन। तर, प्रदेशमा केन्द्रीय सदस्य, पदाधिकारीको संयुक्त परामर्श बैठक बस्छौं।  अध्यक्षदेखि उपमहासचिव सबै प्रदेशमा जान्छन्’, प्रवक्ता सापकोटाले भने, ‘त्यहाँ जनताका जनगुनासो सुन्ने र बुझ्छौं। पीरमर्काको अध्ययन अनुसार गर्छौं।’ प्रदेशस्तरको बैठकका लागि माओवादीले कार्यक्रम तालिका सार्वजनिक गरेको छ।

बागमती प्रदेशमा भदौ ५ र ६,  विशेष प्रदेश र सम्पर्क समन्वयमा ७ र ८, गण्डकीमा ९ र १०, सुदूरपश्चिम प्रदेशमा १२ र १३ गते बैठक बस्ने छ। त्यसैगरी कर्णालीमा १४ र १५, लुम्बिनीमा  १६ र १७, तीनवटै केन्द्रीय आयोगको  १८ गतेलाई मिति तोकिएको छ। मधेसमा २२ र २३, कोसी प्रदेशमा २४ र २५, सल्लाहकार, जेष्ठ कम्युनिष्ट मञ्च एवं आयोगको २९ र ३० गते बैठक गर्ने निर्णय भएको। त्यसैगरी पार्टीको जनवर्गीय संगठन र मोर्चाको  २७ र २८ गते बैठक गर्ने कार्यतालिका छ। त्यसपछि पार्टीको विदेश विभागको बैठक हुनेछ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.