फर्जी शिक्षकको बिगबिगी

फर्जी शिक्षकको बिगबिगी
फर्जी कागजातको भरमा सञ्चालनमा रहेको भनिएको जनकपुरधामको धत्ता टोल स्थित सामुदायिक विद्यालय । तस्बिर : मनिका झा
सुन्नुहोस्

विद्यालय नै फर्जी रहेको र शिक्षकको नियुक्ति पनि शंकास्पद रहेको पर्याप्त प्रमाण हुँदाहुँदै पनि  आजसम्म नत उपमहानगरपालिकाको कार्यालयले विद्यालयलाई कारवाही गर्नआँट गरेको छ नत फर्जी भनिएका शिक्षकको तलब भत्तानै रोक्का गर्न सकेको छ ।

जनकपुरधाम : पहुँच, पावर र राजनीतिक संरक्षणको आवरणमा पछिल्लो लामो समयदेखि जनकपुरधाम उपमहानगरपालिकाका विद्यालयमा फर्जी शिक्षकको बिगबिगी छ ।

नक्कली कागजपत्र तयार गरेका, फर्जी दरबन्दी बनाएर नियुक्त भएका,करार अवधि सकिएर पनि म्याद थप नभएका शिक्षकहरूको सम्पूर्ण विवरण जनकपुरधाम उपमहानगरपालिकासँग उपलब्ध भएपनि नियमकानुन मिचेर त्यस्ता शिक्षकलाई तलब भत्ता उपलब्ध गराउँदै आएको पाइएको छ।

जनकपुरधाम उपमहानगरपालिका- १३ मा अवस्थित छ धत्ताटोल राष्ट्रिय प्राथमिक विद्यालय । यस विद्यालयको प्रधानाध्यापक रेखा कुमारी राय छिन् । तर, राय नै नक्कली प्रधानाध्यापक भएको छानबिनका क्रममा खुलेको छ।

उपमहानगरपालिकाका शिक्षा शाखाले तयार गरेको शिक्षक छानबिन प्रतिवेदनअनुसार फर्जी शिक्षकको विषयमा उपमहानगरपालिका कार्यालयलाई सम्पूर्ण जानकारी रहेपनि नत प्रतिवेदनमाथि कुनै छानबिन गर्न प्रक्रिया चालेको छ नत त्यस्ता शिक्षकमाथि कारवाही नै ।

जनकपुरधाम उपमहानगरपालिका- १३ मा अवस्थित छ धत्ताटोल राष्ट्रिय प्राथमिक विद्यालय । यस विद्यालयको प्रधानाध्यापक रेखा कुमारी राय छिन् । तर, राय नै नक्कली प्रधानाध्यापक भएको छानबिनका क्रममा खुलेको छ।

नियुक्तिसम्बन्धी शंकास्पद फायल खडा गरेर उनलाई प्रधानाध्यापक बनाइएको कागजातहरूले देखाउँछ । शंकास्पद कोटा पत्रको आधारमा उनको नियुक्त गरिएको,कोटा पत्रको निर्णय मिति विद्यालयको स्थापना हुनु पूर्वको भएको, तत्कालिन जनकपुर नगरपालिका राजश्व कर शाखाको अभिलेख अनुसार धत्ता टोल रा.प्र.वि पिडारी नामको निजी विद्यालय सञ्चालन गर्न व्यापार व्यवसायको इजाजत पत्र लिएको  तर, नियमित कर समेत चुक्ता नगरेको, निजी विद्यालय खोली नक्कली कागजातको भरमा सामुदायिक विद्यालयमा परिणत गरेको भनि प्रतिवेदनमा उल्लेखित छ । सोही प्रतिवेदनमा हाम्रो राय भनि छानबिन समितिले विद्यालयमाथि छानबिन गरी असुल उपरसहित हदैसम्मको कारवाही गर्न सिफारिस समेत गरेको छ । 

शिक्षक छानबिनका लागि उपमहानगरपालिकाको शिक्षा शाखाले विद्यालयमा पत्राचार गरी शिक्षकको विवरण माग गर्दा ३०२ शिक्षकमध्ये २७२ वटाको फाइल मात्रै प्राप्त भएको र ३० जना शिक्षकको फाइल नै नआएको प्रतिवेदन तयार पार्न मुख्य भूमिका निर्वाह गरेका जनकपुरधाम उपमहानगरपालिका शिक्षा शाखाका प्रमुख मिहिलाल यादव बताउँछन् । 

उक्त विद्यालयका अर्का शिक्षक जगदिश रायको नियुक्ति पनि शंकास्पद नै रहेको प्रतिवेदनमा उल्लेखित छ । साथै कार्यालय सहयोगी कान्ति कुमारी,विनिता कुमारी,अनु राय र रंजुदेवी राउतको फाइल नै विद्यालयले छानबिनका लागि उपलब्ध गराएको छैन । विद्यालय नै फर्जी रहेको र शिक्षकको नियुक्ति पनि शंकास्पद रहेको पर्याप्त प्रमाण हुँदाहुँदै पनि  आजसम्म नत उपमहानगरपालिकाको कार्यालयले विद्यालयलाई कारवाही गर्नआँट गरेको छ नत फर्जी भनिएका शिक्षकको तलब भत्तानै रोक्का गर्न सकेको छ ।

गायत्री प्रज्ञापिठ गुरुकुल प्राथमिक पाठशाला कुर्था, जनकपुरधाम उपमहानगरपालिका- २१ का प्रावि राहत शिक्षकका रुपमा कार्यरत दिलिपकुमार पासवान पनि नक्कली शिक्षक भएको प्रमाण छ । पीसीएफ रकमबाट तलब खाने गरी निजी स्रोतमा नियुक्ति लिएका पासवानको नियुक्ति समर्थन नै नभएको देखिन्छ ।

पासवानलाई आर्थिक प्रलोभनमा परि तत्कालिन निलम्बित जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डलले गैरकानुनी रुपमा राहत शिक्षकमा नक्कली पदस्थापना गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । पीसीएफ रकमबाट तलब खाने गरी गरिएको निजी स्रोत नियुक्तिसम्बन्धी कागजातमा टिपेक्स लगाई दरबन्दीमा नियुक्ति भएको भनी फर्जी कागजात बनाएका निलम्बित जिल्ला शिक्षा अधिकारीबाट नभएको राहत दरबन्दीमा पदस्थापना गरिएको भन्ने पत्र बनाएको, झोले विद्यालय खोली दिलिपकुमार पासवान र अमृताकुमारी पासवान दम्पत्तीले जिल्ला शिक्षा कार्यालयका कर्मचारीलाई आर्थिक प्रलोभनमा पारी रकम निकासा गराई आर्थिक हिनामिनासमेत गरेको लेखा परीक्षण प्रतिवेदनमा देखिएको,’भनि प्रतिवेदनमा स्पष्ट खुलाएको छ । तर, हालसम्म यी नक्कली शिक्षकलाई कुनै कारवाही अघि बढेको छैन।

जनकपुरधाम उपमहानगरपालिकाका वर्तमान नगर प्रमुख मनोज साह १२ वर्षसम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेका यस विद्यालयले शिक्षा शाखाको पत्रलाई र पटकपटकको ताकेदालाई समेत नटेरी शिक्षकको फाइल नपठाएको शिक्षा शाखा प्रमुख यादव बताउँछन् ।

जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका ५० वटा सामुदायिक विद्यालयमा कार्यरत अस्थायी,करार,राहत, बालविकास सहयोगी र विद्यालय सहयोगीमा धेरैजसो फर्जी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । शिक्षक छानबिनका लागि उपमहानगरपालिकाको शिक्षा शाखाले विद्यालयमा पत्राचार गरी शिक्षकको विवरण माग गर्दा ३०२ शिक्षकमध्ये २७२ वटाको फाइल मात्रै प्राप्त भएको र ३० जना शिक्षकको फाइल नै नआएको प्रतिवेदन तयार पार्न मुख्य भूमिका निर्वाह गरेका जनकपुरधाम उपमहानगरपालिका शिक्षा शाखाका प्रमुख मिहिलाल यादव बताउँछन् । 

'हामीलाई फर्जी तथा किर्ते कागजातको भरमा तलब खाइराखेका केही शिक्षकमाथि छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुस गते नै पत्राचार गरेको थियो । सोही पत्रको जवाफ पठाउँदा हामीले सम्पूर्ण विद्यालयमा अस्थायी, राहत, करार र अन्य शिक्षकको अवस्था के रहेको छ भनि छानबिन गरेर यो प्रतिवेदन तयार गरेका हौं,’हाल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत समेत रहेका यादवले भने,'मैले सबै यथार्थ विवरणसहितको प्रतिवेदन अख्तियारलाई पनि पठाएको छु र उपमहानगरपालिकामा पनि यसै प्रतिवेदनलाई आधार मानि फर्जी र गैरकानुनी रुपमा बसेका शिक्षकलाई तलब भत्ता खुवाउनु हुँदैन भन्ने अडान लिएको छु,'उनले भने,'तर, यहाँ राजनीतिक दबाब अत्याधिक भएको कारण मैले दबाबमै आएर गत महिनासम्मको तलब उहाँहरूलाई  पठाउनु परेको छ ।’

छानबिनको क्रममा शिक्षकको फाइल नै शिक्षा शाखालाई नबुझाउने विद्यालयमा जनकपुरधाम उपमहानगरपालिका-१२ स्थित मावि कुवारामपुर पनि रहेको छ । जनकपुरधाम उपमहानगरपालिकाका वर्तमान नगर प्रमुख मनोज साह १२ वर्षसम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेका यस विद्यालयले शिक्षा शाखाको पत्रलाई र पटकपटकको ताकेदालाई समेत नटेरी शिक्षकको फाइल नपठाएको शिक्षा शाखा प्रमुख यादव बताउँछन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.