भ्रष्टाचार मुद्दामा हदम्याद आवश्यक छैन, अख्तियारलाई निजी क्षेत्रको क्षेत्राअधिकार दिनुहुँदैन : शेखर कोइराला

भ्रष्टाचार मुद्दामा हदम्याद आवश्यक छैन, अख्तियारलाई निजी क्षेत्रको क्षेत्राअधिकार दिनुहुँदैन : शेखर कोइराला
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सर्वसहमतिमा नै संविधान संशोधन गर्नुपर्ने बताएका छन्।  शुक्रबार मोरङको बुढीगंगा गाउँपालिका -७ डंग्राहामा आयोजित स्वास्थ्य शिविर कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले कांग्रेस–एमालेको करिब दुई तिहाइ बहुमत रहेपनि सबैको सहमतिमा नै संविधान संशोधन गर्नुपर्ने बताएका हुन्।

संविधान संशोधनका लागि जनमत संग्रह जस्तो जटिल प्रक्रियामा जानुको सट्टा संसदीय विशेष समिति वा आयोग बनाएर गर्न सकिने उनले बताए । कोइरालाले दुई दलमात्रै मिलेर संविधान संशोधन गर्न खोजे अवस्था झन जटिल हुने उल्लेख गरे।

उनले भ्रष्टाचार छानबिनमा हदम्याद तोक्न नहुने र अख्तियारलाई बढी शक्तिशाली बनाउने नाममा निजी क्षेत्रको क्षेत्राधिकार दिन नहुने जिकिर गरे। नोना कोइराला स्मृति प्रतिष्ठान र केएचडिसी नेपालले प्राविधिक सहयोगमा बुढीगंगा गाँउपालिकाले मृगौला, मुटु तथा मधुमेह सम्बन्धि निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.