प्रधानमन्त्री ओलीसँग अमेरिकी उप-विदेशमन्त्रीको भेट

प्रधानमन्त्री ओलीसँग अमेरिकी उप-विदेशमन्त्रीको भेट
तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा श्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्ड बर्माले शिष्टाचार भेटवार्ता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सो क्रममा प्रधानमन्त्री ओलीले नेपालको आर्थिक र सामाजिक विकासका क्षेत्रमा अमेरिकी सरकारले गर्दै आएको निरन्तर सहयोगका लागि आभार व्यक्त गरे।  त्यस्तै प्रधानमन्त्री ओलीले नेपाल अल्पविकसित मुलुकबाट स्तनोन्नती हुने क्रममा रहेको र राजनीतिक सहमतिका आधारमा नेपालको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनका विषय टुङ्गो लाग्ने क्रममा रहेको पनि जानकारी गराए।

उप विदेशमन्त्री बर्माले दुई देशबीचको ७७ वर्षदेखिको सम्बन्धको दुईपक्षीय सम्बन्धको स्मरण गर्दै नेपालको विकासमा साझेदार हुन पाउनु अमेरिकाको लागि खुसीको विषय भएको बताए । उनले नेपालको संक्रमणकालीन न्याय टुंगोमा पुग्न लागेकामा बधाई दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

उप-विदेशमन्त्री बर्मा शुक्रबार बिहान काठमाडौं आएका हुन्। नेपाल बसाइका क्रममा उनले सरकारी अधिकारीहरू र व्यवसायीहरूसँग भेट गर्ने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।

उप-विदेशमन्त्री बर्माले नेपाली चियाविज्ञहरूसँग अन्तरक्रिया गर्नेछन् भने युएसएआईडीका कार्यक्रमका साझेदारहरूसँग पनि छलफलको कार्यक्रम रहेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.