काभा महिला भलिबल प्रतियोगितामा सहभागी १४ खेलाडीलाई ३ लाख दिने सरकारको निर्णय

काभा महिला भलिबल प्रतियोगितामा सहभागी १४ खेलाडीलाई ३ लाख दिने सरकारको निर्णय

काठमाडौं : सरकारले काभा महिला भलिबल प्रतियोगितामा नेपालको तर्फबाट सहभागी खेलाडी १४ जनालाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले सोबारे जानकारी दिएका हुन्।

उनले मन्त्रिपरिषद बैठकले  काभा महिला भलिबल प्रतियोगितामा नेपालको तर्फबाट सहभागी खेलाडी १४ जनालाई जनही ३ लाख , मुख्य प्रशिक्षक १ जनालाई दुई लाख एवं व्यवस्थापक,सहायक प्रशिक्षक तथा फिजियोलाई जनही १ लाख २० हजार रुपैयाँका दरले पुरस्कृत तथा सम्मान गर्ने निर्णय गरेको बताए।

यसैगरी बैठकले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भाद्र २ गतदेखि भारतको भ्रमण स्वीकृत गरेको छ।

राजस्व न्यायाधीकरण पोखराको कानुन सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत पोखराका न्यायाधीश सुदर्शनराज पाण्डेलाई तोक्ने निर्णय बैठकले गरेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधीवक्ता श्रीराम खनाललाई नेपाल कानुन व्यवसायी परिषदको सचिव पदमा खटाउने निर्णय भएको प्रवक्ता गुरुङले जानकारी दिए।

बैठकले आर्थिक वर्ष ०७९/८० र २०८०/८१ मा लगातार दुई वर्षसम्म वार्षिक एक सय जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन नसकेका इजाजतपत्र प्राप्त संस्थाको इजाजतपत्र चालु आर्थिक वर्षका लागि समेत नवीकरण गर्न आएमा अन्तिम पटकका लागि नवीकरण गर्न बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने निर्णय गरेको छ । 

त्यसैगरी बैठकले ५९ जना सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय समेत गरेको छ । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.