नदीजन्य पदार्थको अवैध डम्पिङ जफत गर्दै नगरपालिका

नदीजन्य पदार्थको अवैध डम्पिङ जफत गर्दै नगरपालिका
सुन्नुहोस्

परासी : नवलपरासीको सुनवल नगरपालिकाले अवैध रूपमा चोरी गरी विभिन्न ठाउँमा डम्पिङ (स्टक) गरेर राखेका नदीजन्य पदार्थ जफत गर्न सुरु गरेको छ। 

पछिल्लो पटक नदीजन्य पदार्थको चोरी निकासी बढेपछि नगरपालिकाले ‘चोरी निकासी नियन्त्रण अभियान’ नै सञ्चालन गरेर डम्पिङ स्थानको खोजी गरेर जफत गर्न थालिएको नगर प्रमुख विमला अर्यालले बताइन्। अभियानअन्तर्गत चोरी निकासीमा संलग्न सवारी साधन पक्राउ र अवैध डम्पिङ जफत कार्यलाई अगाडि बढाइएको नगर प्रमुख अर्यालले बताइन्। 

वर्षाको समय असारदेखि भदौसम्म नदीजन्य पदार्थको ठेक्का लगाउन नमिल्ने प्रावधान रहेकाले पनि अहिले त्यस क्षेत्रमा चोरी कार्य बढेको हो। चोरी गरेका नदीजन्य पदार्थलाई खोला छेउ, झाडी, कुला, खुला चौर लगायतका स्थानमा ढुंगा (बोल्डर) डम्पिङ गरेर राखेको अवस्थामा जफत गरिएको नगर प्रमुख अर्यालले जानकारी दिइन्। 

तुरिया खोला, चारघरे, सोमई टोला लगायतका क्षेत्रबाट नदीजन्य पदार्थ जफत गरिएको हो। बुधबारबाट सुरु गरिएको अभियान अन्तर्गत हालसम्म ३० वटा हाइवा र २१  टिपर ढुंगा जफत गरेर नगरपालिकामा राखिएको छ। अहिलेसम्म करिब ६ लाख बढीको ढुंगा जफत गरिएको छ। जफत गरिएका नदीजन्य पदार्थलाई कानुनअनुसार लिलाम गरिने छ। 

नगर क्षेत्रको पानभार खोला, भूमहीखोला क्षेत्रमा पनि अवैध रूपमा नदीजन्य पदार्थ डम्पिङ गरेर राखिएको बताइएको छ। ती स्थानहरूमा पनि क्रमशः अनुगमन गरेर जफत कार्य अघि बढाइने नगर प्रमुख अर्यालले जानकारी दिइन्।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.