हिमाल आरोहीको सुरक्षाका लागि कल्याणकारी कोष स्थापनामा सहजीकरण गर्छौं : पर्यटनमन्त्री

हिमाल आरोहीको सुरक्षाका लागि कल्याणकारी कोष स्थापनामा सहजीकरण गर्छौं : पर्यटनमन्त्री
तस्बिर : पर्यटन मन्त्रालयको सचिवालय
सुन्नुहोस्

काठमाडौं : संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले ब्रोड पिकको सफल आरोहण गरी फर्किएका पर्वतारोही तथा गाइड पासाङ नामगेल शेर्पालाई स्वागत गरेका छन्। मन्त्री पाण्डेले शुक्रबार आरोही शेर्पालाई मन्त्रालयमा स्वागत गरेका हुन् ।

 सोलुखुम्बुको खुम्बु गाउँपालिका घर भएका शेर्पाले पाकिस्तानमा रहेको विश्वको १२औं अग्लो हिमाल ब्रोड पिकको एउटै सिजनमा दुईपटक आरोहण गरेका थिए । मन्त्री पाण्डेसँगको भेटमा शेर्पाले सरकारले कल्याणकारी कोषको स्थापना गरिदिन माग गरेका थिए। 

उनले हिमालमा हुने दुर्घटनाहरूमा हेलि रेस्कु हुन गाह्रो हुने  बताउँदै त्यसबारे आवश्यक प्रबन्ध गरिदिन र विदेशी आरोहीलाई क्याम टु–बाट आठ केजी फोहोर अनिवार्य ल्याउनुपर्ने प्रावधान भएकाले त्यसलाई सहज बनाइदिन अनुरोध गरे। मन्त्री पाण्डेले आरोहीहरूको कल्याणकारी कोष स्थापना र फोहोर व्यवस्थापनका लागि सम्बन्धित निकायहरूसँग बुझेर सहजीकरण गर्नेमा विश्वस्त पारे।

५२ वर्षीय शेर्पा इमाजिन नेपाल ट्रेक्स कम्पनीका वरिष्ठ पर्वतारोहीको रूपमा परिचित छन्। उनले  सन् २००४ र २००७ मा यालुङ खाङ र ल्होत्से शार दुवै चुचुरोसँगै आरोहण गरेका थिए। शेर्पाले विश्वका आठ हजार मिटर अग्ला १४ वटा चुचुरो र यालुङ खाङ र ल्होत्से शार गरी १६ वटा चुचुरोमा पाइला टेक्न सफल भएका थिए। 

कोरियाका अम होंङ गिलपछि शेर्पा १६ वटा चुचुरोहरुमा पाइला टेक्ने देस्रो व्यक्तिको रूपमा हुन् । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.