पार्वतीकुण्ड जाने सडक सञ्चालन
रसुवा : जनैपूर्णिमाका दिन आमाछोदिङमो गाउँपालिका-३ को पार्वतीकुण्डमा लाग्ने मेलालाई लक्षित गर्दै सडक सञ्चालनमा ल्याइएको छ। वर्षाका कारण तीन साताअघि पहिरोले अवरुद्ध भएको सडक सञ्चालनमा ल्याइएको हो।
पहिरोले रोंगा–केराबारी, रोङ्गा थाम्बुचेत र तातोपानी सडक अवरुद्ध पारेको थियो। सडक सुलेपछि गाउँबाट सिधै काठमाडौं तथा स्थानीय सवारी चल्ने भएपछि पार्वतीकुण्ड मेलामा आउने यात्रीलाई सहज हुने स्थानीयको भनाइ छ। थाम्बुचेत-गत्लाङ र थाम्बुचेत-गोल्जुङ–चौहत्तर हुँदै पार्वतीकुण्ड पुग्न सकिन्छ।
यहाँ जनैपूर्णिमाको अवसरमा हरेक वर्ष मेला लाग्ने गरेको छ।