एकैपटक ५९ सहसचिवको सरुवा

प्रचण्ड सरकारको पालामा रजगज गरेकालाई कमसल स्थानमा पठाइयो, कुन सहसचिव कहाँ ?

प्रचण्ड सरकारको पालामा रजगज गरेकालाई कमसल स्थानमा पठाइयो, कुन सहसचिव कहाँ ?

काठमाडौं : सरकारले ठूलो संख्यामा सहसचिवहरूको सरुवा गरेको छ। मन्त्रिपरिषद्को बिहीबारको बैठकले ५९ जनाको सहसचिवको एकै पटक सरुवा गरेको छ। शक्तिशाली स्थानमा रहेका सहसचिवहरू कमसल मानिने स्थानमा पठाइएका छन्।

नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहँदा लामो समयसम्म रजगज गरेका केही सहसचिवहरू अन्यत्र सरुवा गरिएको छ। कसैलाई अतिरिक्तमा लगेर थन्क्याइएको छ। सरकारले आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारीलाई कर्णालीको प्रदेश प्रमुखको कार्यालयमा पठाएको छ।

भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाइएको छ। सहसचिव चक्रबहादुर बुढा राजस्व अनुसन्धान विभागका महानिर्देशकबाट संघीय मामिला मन्त्रालयको अतिरिक्तमा पठाइएको छ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी सचिव रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव अर्जुन भण्डारीलाई राष्ट्रिय योजना आयोगमा पठाइएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा समेत बसिसकेका पुष्पराज शाही प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ। 

सहसचिव कमलप्रसाद भट्टराई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकबाट राष्ट्रिय सूचना आयोगमा सरुवा भएका छन्। महावाणिज्यदूत बनाउने तयारीसहित परराष्ट्रमा पुगेका र प्रचण्ड प्रधानमन्त्री हुँदा निजी सचिवसमेत भइसकेका नवराज ढुंगानालाई सुदूरपश्चिमको प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ। ढुंगाना राजस्व अनुसन्धान विभागका महानिर्देशक पनि भइसकेका हुन्। पर्यटन विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितको राष्ट्रिय योजना आयोगमा सरुवा भएका छन्।

अर्थ मन्त्रालयका बजेट तथा कार्यक्रम महाशाखा प्रमुख नरेन्द्रकुमार रानालाई लोकसेवा आयोगमा पठाइएको छ। भन्सार विभागका उपमहानिर्देशक रहेका रामकुमार महतोलाई लोक सेवा आयोगमा सरुवा गरिएको छ।

माओवादीको सरकार हुँदा सधैं शक्तिशाली स्थानमा रहँदै आएका अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्यलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ। पछिल्लो समयमा अन्तःशुल्क छपाइमा भएको भ्रष्टाचारमा शाक्य मुछिएका छन्। अख्तियारले शाक्यविरुद्ध मुद्दा नै हालेको छ। अर्थ मन्त्रालयकै अर्का सहसचिव टंकप्रसाद पाण्डे संघीय मामिला मन्त्रालयको अतिरिक्त समूहमा थन्क्याएका छन्।

सहसचिव सूर्यबहादुर खत्री गृह मन्त्रालयबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएइका छन्। राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा रहेका प्रदीपकुमार कोइरालालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा ल्याइएको छ।

कोलकातामा महावाणिज्यदूतका रूपमा कार्यकाल पूरा गरेर फर्किएका परराष्ट्र मन्त्रालयका सहसचिव ईश्वरराज पौडेललाई लुम्बिनीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ। लुम्बिनीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नीराजन घिमिरेले राष्ट्रपति कार्यालयमा ल्याएको छ।

नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहँदा लामो समयसम्म रजगज गरेका केही सहसचिवहरू अन्यत्र सरुवा गरिएको छ।

सहसचिव चन्द्रकला पौडेल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा सरुवा भएकी छिन्।

सहसचिव दीपकराज नेपाललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ। सहसचिव प्रकाश दाहाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट संघीय मामिला मन्त्रालयमा जिम्मेवारी पाएका छन्। सहसचिव ज्ञानप्रसाद ढकाल रक्षा मन्त्रालयमा सरुवा भएका छन्।

परराष्ट्रका सहसचिव नारायणप्रसाद भट्ट राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा भएका छन्। सहसचिव लीलाप्रसाद शर्मा रक्षा मन्त्रालयबाट गृह मन्त्रालयमा सरिएको छ।

सहसचिव पुष्कर न्यौपानेले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट कोशीको प्रदेश प्रमुखको कार्यालयमा सरुवा गरिएको छ। सहसचिव शंकर नेपाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट कोशीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पगेका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका राजेश्वर ज्ञवाली राष्ट्रिय योजना आयोगमा सरुवा भएका छन्। गण्डकीको प्रदेश लोकसेवा आयोगबाट ऋषिराम तिवारीलाई गृह मन्त्रालयमा ल्याइएको छ। सहसचिव रमेश ढकाल निर्वाचन आयोगबाट गृह मन्त्रालयमा सरुवा भएका छन्। भूपेन्द्र थापालाई गृह मन्त्रालयबाट लुम्बिनीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ।

बागमती प्रदेशको प्रदेश लोक सेवा आयोगकी सहसचिव नीता पोखरेल अर्याल निर्वाचन आयोगमा आएकी छिन्। सहसचिव डा.नारायणप्रसाद रेग्मी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालमा सरुवा भएका छन्। सहसचिव रामकृष्ण लामिछाने ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पुगेका छन्।

सहसचिव हेमराज तामाङ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सरुवा भएर कोशीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन्। सहसचिव शिवराम पोखरेल सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ। रघुराम विष्ट निर्वाचन आयोगबाट गण्डकीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका छन्। ज्ञानहरि घिमिरे हुलाक सेवा विभागका महानिशर्देकबाट बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पठाइएका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव बाबुराम गौतम गण्डकीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन्। सहसचिव कृष्णप्रसाद लम्साल राष्ट्रपति कार्यालयबाट गृह मन्त्रालयमा सरुवा भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव खोमराज कोइरालालाई राष्ट्रिय योजना आयोगमा सरुवा भएका छन्।

बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी हुमकला पाण्डे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएकी छिन्। कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयका लक्ष्मीप्रसाद भट्टराईलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र अन्तर्गतमा सरुवा गरिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका विन्देश्वरप्रसाद लेखक पनि परराष्ट्रमा सरुवा भएका छन्।

सहसचिव नारायणप्रसाद सापकोटालाई महालेखा नियन्त्रकको कार्यालयबाट निर्वाचन आयोगमा पठाइएको छ। टोकराज पाण्डेलाई अर्थ मन्त्रालयबाट गृह मन्त्रालयमा सरुवा गरिएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीबाट यमुना प्रधान, कोशीको आर्थिक मामिला तथा योजना मन्त्रालयबाट श्यामप्रसाद भण्डारी र लोकसेवा आयोगबाट गोपीकृष्ण कोइराला अर्थ मन्त्रालयमा ल्याइएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट मदन दाहाल र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहकी कविता रेग्मी पनि अर्थ मन्त्रालयमा ल्याएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव लक्ष्मीप्रसाद निरौला, गृह मन्त्रालयका सहसचिवद्वय झक्कप्रसाद आचार्य र भरत खनाल परराष्ट्र मन्त्रालयमा सरुवा भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव विनोदबहादुर कुँवरलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ। हाल उनी प्रधानमन्त्री केपी शर्मा ओलीका निजी सचिव हुन्। अघिल्लो पटक पनि ओली प्रधानमन्त्री हुँदा कुँवर नै निजी सचिव थिए।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह)की सहसचिव कृष्णकुमारी श्रेष्ठ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुमन दाहाल पनि प्रधानमन्त्री कार्यालयमा ल्याइएको छ।

बागमतीको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका हरिशरण पुडासैनी अर्थ मन्त्रालयमा सरुवा भएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका दीपक लामिछाने र राष्ट्रिय योजना आयोगका महेश भट्टराईलाई अर्थ मन्त्रालयमा ल्याइएको छ। 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव चण्डीप्रसाद घिमिरे र राष्ट्रिय योजना आयोगका सहसचिव यमलाल भुसालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ।

लम्साललाई बेल्जियमको राजदूतमा सिफारिस 
सरकारले परराष्ट्र सचिव सेवा लम्साललाई बेल्जियमको राजदूतमा सिफारिस गरेको छ।

null

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई बेल्जियमको राजदूतमा सिफारिस गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।  लम्साल गत मंसिरमा परराष्ट्र सचिवमा नियुक्त भएकी थिइन्। उनी परराष्ट्र सचिव बन्ने पहिलो महिला हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.