अन्नबाली छोडेर केरा खेती

अन्नबाली छोडेर केरा खेती
सुन्नुहोस्

गुल्मी : पहाडी क्षेत्रमा परम्परागत खेती गर्दा वन्यजन्तुले नष्ट गरेर हैरान पारेपछि स्थानीयहरू व्यावसायिक केरा खेतीमा लागेका छन्। पछिल्लो समय गुल्मेली किसानको केरा खेतीमा आकर्षण बढ्दै जान थालेको हो। 

केराखेतीमा लगानी कम हुने, छिटो उत्पादन दिने र मनग्ये आम्दानी हुने भएपछि केराखेतीतर्फ किसान लागेका हुन्। परम्परादेखि गाउँमा नगदे अन्नबालीको खेती गरिन्थ्यो, अहिले जंगली जनावरका कारण जग्गा बाँझो राख्नु वा वैकल्पिक खेती रोज्नु बाहेकको विकल्प नरहेको मालिका गाउँपालिका– ६ अर्जै पौवाका धनिश्वर विष्टले बताए। विष्ट वर्षौंदेखि व्यावसायिक केरा खेतीमा तल्लीन छन्।

विष्टको कृषिकर्म देखेर जो कोही कै मन लोभ्याउँछ। कृषि कर्म गरेर विष्टले ७ भाइ सरकारी सेवामा प्रवेश गराउन सफल भएका छन्। उनले छोरालाई अमेरिकासमेत पठाउन सकेका छन्। 

उनको कर्मलाई परिवारले पनि सघाउँदै आएको छ। बुवाले पुस्तौंदेखि अँगाल्दै आएको पेसालाई छोराहरूले पनि निरन्तरता दिँदै आएका छन्। विष्टले अहिले बारीमा झन्डै दुई सय बोट केरा रोपेका छन्। केराबाट भएको आम्दानीले घर खर्च चलाउन सहज भएको विष्ट बताउँछन्। कम लगानीमा मनग्ये प्रतिफल आउने भएकाले व्यावसायिक केराखेती राम्रो भएको उनको अनुभव छ। 

यस्तै जिल्लाको सत्यवती गाउँपालिका– ६ जोहाङकी लक्ष्मी ढकालले पुख्र्यौली ११ रोपनी जग्गामा २ हजार केरा रोेपेकी छन्। उनको दैनिकी अहिले वन्यजन्तु रेखदेखको साटो केराको हेरचाहमा नै बित्ने गरेको छ। उनका बारीमा विभिन्न प्रजातिका केरा छन्। नगदले बाली उत्पादनमा खर्च बढी र वन्यजन्तुको हैरानीका कारण केरा खेतीमा आफू लागेको उनको भनाइ छ।

लक्ष्मीले ६ वर्षपहिले ५० बोटबाट केरा खेती सुरु गरेकी थिइन्। केराले एक वर्षमा उत्पादन दिन्छ भने त्यसले तीनवटा विरुवा उत्पादन गर्छ। उत्पादन भएका बिरुवाको विस्तार गरी अहिले केरा बगैंचा नै बनेको छ। राम्रो हेरचाह र मेहनत गर्न सकेमा घरखर्च र छोराछोरी पढाइमा सहज हुने उनको भनाइ छ। 

स्थानीय केरा बिनाविषादीको हुने भएकाले यसको बजारीकरण कुनै समस्या छैन। यो केरा प्रतिगोटा २० रुपैयाँमा बिक्री हुने गरेको छ। स्थानीय सरकारले कृषि र कृषकलाई केन्द्रित गरेर थुप्रै नीति तथा कार्यक्रम ल्याएका छन्। तर, ती कार्यक्रम वास्तविक किसानसम्म पुग्न सकेका छैनन्। पछिल्लो समय ग्रामीण क्षेत्रका कृषकको केराखेतीमा आकर्षण बढ्दै गएको छ। तर, कृषकमा प्राविधिक ज्ञान,सीप र तालिम अभावका कारण सोचे अनुरूप उत्पादन गर्न नसकेको कृषक ढकालले बताइन्। सरकारले कृषि क्षेत्रमा देखिएका समस्या र आवश्यकता पहिचान गरी कृषकलाई राहतका कार्यक्रम ल्याउन सकेमा केरा उत्पादनमा वृद्धि गर्न सकिने उनीहरू बताउँछन्।

गुल्मी जिल्लाभर ९९ सय हेक्टर क्षेत्रफलमा केराखेती गरिएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ। हाल जिल्लामा ४ सय ८५ कृषक व्यावसायिक केरा खेतीमा आबद्ध छन्। जिल्लाका विभिन्न स्थानमा गरेर कुल ७३ हेक्टरमा उत्पादनशील क्षेत्रफल खेती गरिएको छ। ४ सय ९० दशमलव २० टन उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय नवराज भण्डारीले जानकारी दिए।

बाँदर र बँदेललगायतका जंगली वन्यजन्तुका कारण पहाडी जिल्लाका किसान मारमा छन्। खेतबारीमा रोपेको अन्नबालीमा जंगली वन्यजन्तु पसेर खाने, नष्ट पारिदिने गरेको ग्रामीण क्षेत्रका कृषकको गुनासो छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.