पार्टीभित्र प्रदूषण र भ्रष्टीकरणको समस्या देखापरे, क्रान्तिकारी पार्टी बनाऔं : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
काठमाडौं : नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्र प्रदूषण र भ्रष्टीकरणको समस्या देखा परेको बताएका छन्। शनिबार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित पोष्ट बहादुर बोगटीको स्मृति सभामा उनले पार्टी भित्रको अन्तर संघर्षलाई अतिरञ्जित बनाउन नहुने धारणा राखेका हुन्।
उनले भने, ‘हाम्रो पार्टी प्रदूषण र भ्रष्टाचारको समस्या देखा परिरहेको बेला उहाँजस्ता पात्र राखेर सोच्नुपर्ने भएको छ। बोगटीजस्ता पात्र शिक्षा र प्रेरणा लिनुपर्छ।’
विचार र नेतृत्वमा प्रष्ट हुँदै अगाडि बढाएर पार्टीलाई अगाडि बढाउनुपर्ने उनको भनाई छ। अहिले पार्टी एकताबद्ध बनाउनुपर्नेमा उनले जोड दिए। वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टीलाई सुदृढ र नेतृत्वलाई बढाएर गोलबद्ध हुनुपर्ने आवश्यकता रहेको उनको भनाई छ।
‘हाम्रो निश्चित रुपमा चुनौती र अवसर दुवै रहेको छ। उनले भने बेदाग भएर हामी सरकारबाट बाहिर निस्केका छौं।’ उनले भने,‘पार्टीलाई एकताबद्ध गर्ने हो। नेतृत्व वरिपरि गोलबद्ध हुने हो र अझ सुदृढ गर्ने हो। विचारलाई अझ विकास गर्ने हो। क्रान्तिकारी र शक्तिशाली पार्टी बनाउन वैचारिक र सांस्कृतिक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता छ।’
उनले पार्टीलाई अन्य दलसँग एकता र सहकार्य गरेर अगाडि बढाउनुपर्ने बताए। उनले जनतासँग गएर जन संघर्ष गर्नुपर्ने बताए।