जनार्दन शर्माले उठाएका व्यवहारिक विषयहरू गम्भीर छन्, अनुसन्धान हुन्छ : प्रचण्ड

जनार्दन शर्माले उठाएका व्यवहारिक विषयहरू गम्भीर छन्, अनुसन्धान हुन्छ : प्रचण्ड
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले उपमहासचिव जनार्दन शर्माले उठाएका व्यवहारिक विषयहरू गम्भीर रहेकाले अनुसन्धान हुने बताएका छन्। पार्टी कार्यालय पेरिस डाँडामा  शनिबार आयोजित पोष्टबहादुर बोगटीको स्मृति सभामा उनले  शर्माले उठाएका व्यवहारिक विषयहरू गम्भीर रहेकाले त्यसलाई अध्ययन अनुसन्धान गरेर स्पष्ट पारिने बताएका हुन्।

उनले भने,‘केही विषय फेरि, उहाँले उठाएका गम्भीर आशंकाका विषय छन्। विचारसँग सम्बन्धित कुरा त उहाँको मत हो दस्तावेज बनाउने बेलासम्म  समाधान हुन्छ, उहाँको पनि समेटिन्छ। तर केही व्यवहारिक र आशंका रहेका छन्। ति आशंकाका बारेमा पनि विषयमा त्यसका अध्ययन अनुसन्धान हुने कुरामा पुगेका छौं।’

प्रचण्डले आशंका पैदा गराउने को छ खोजौं भनेको बताउँदै उनले जनार्दन र आफूले र लिडरको टीमले अध्ययन अनुसन्धान गरेर छ्याङ्ग हुने वातावरण बनाउने बताए।

केही मानिसहरूले जनार्दनले पार्टी फुटाउँदै छन् भनेर सुनाउँदा आफूले चासो राखेको प्रचण्डले स्वीकारे। ‘प्रभाकरले पार्टी फुटाउन खोजेका छन् भनेर लिडरसिपले कहिले पनि भनेको थिएन। तर विभिन्न मानिसहरूले आएर सुनाउँथे– पार्टी फुट्दै छ, फुटाउँदै छन्, विभिन्न तत्त्व मिलेका छन्, यसले यदाकदा के भयो भन्ने भएको थियो।’ उनले थपे, ‘तर, बैठक अन्त्यसम्म जनार्दन शर्माको पार्टी फुटाउने कुनै उद्देश्य पनि छैन, नियत पनि छैन भनेर उहाँले प्रष्ट पार्नुभयो। जनार्दनले पार्टी फुटाउन खोज्यो भन्ने कसैलाई आशंका छ भने त्यसबाट मुक्त हुन अपिल गर्न चाहन्छु।’

अध्यक्ष प्रचण्डले स्थायी समिति बैठकमा शर्माले लिखित रूपमा प्रस्तुत गरेको दस्ताबेजमा फरक मत भनेर नभनेको प्रष्ट पारे। उनले भने, शर्माले लिखित रूपमा प्रस्तुत गरेको दस्ताबेजमा फरक मत भनेर लेखिएको पनि छैन। त्यो बाहिर जाँदा तरंग र आशंका पैदा भए। तर, स्थायी अन्त्यसम्म आइपुग्दा त्यो मुख्य रूपमा सम्बोधन भएको छ।’

अध्यक्ष प्रचण्डले पार्टीमा विभिन्न समस्या देखिएको स्वीकार गर्दै पार्टीमा नयाँ संकल्पका साथ जानुपर्ने धारणा राखे। पार्टी विभाजन नहुने बरु एकताबद्ध भएर अघि बढ्ने जानकारी दिँदै प्रचण्डले आज बिहान उपमहासचिव शर्मा आफ्नो निवास खुमलटार आएको र छलफल गरेको जानकारी गराए।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.