प्रधानमन्त्री ओलीले गरे ‘ग्लोबल साउथ समिट’ लाई सम्बोधन
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ग्लोबल साउथ समिट’लाई भर्चुअलरुपमा सम्बोधन गरेका छन्। भारत सरकारद्वारा आयोजित तेस्रो शृङ्खलाको ‘ग्लोबल साउथ समिट’ को उद्घाटन सत्रलाई आज ओलीले भर्चुअलरुपमा सम्बोधन गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
प्रधानमन्त्री ओलीले यस क्षेत्रका करिब १५ राष्ट्रप्रमुख तथा सरकारप्रमुखबाट सम्बोधन भएको सम्मेलनबारे प्रधानमन्त्री ओलीले ट्वीट गर्दै यस महत्वपूर्ण प्रयासलाई सुरु गरेर जारी राखेकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिए। उनले भनेका छन्, हामीले साझा प्रयासबाट हाम्रो भविष्यको बाटो कोर्न सक्छौँ, जसले सबैलाई लाभ दिनेछ ।’