नेपालको सहभागितासँगै साउदीमा जेद्दा सिजन सकियो
साउदी : साउदी जेद्दा सिजनमा नेपालको सहभागितासँगै जेद्दा सिजन सकिएको छ। २६ जुलाई २०२४ बाट जेद्दा शहरस्थित इक्वेस्ट्रियन पार्कमा सुरु भएको यो सिजनमा नेपाल पहिलोपल्ट सहभागी हुँदै १६ अगस्ट २०२४ का दिन नेपालले मौलिकता झल्कने गरि गायन र नृत्य द्वारा आफ्ना प्रदर्शन गरेको थियो।
सिजनमा नेपालबाट गायक प्रमोद खरेल सहित परम्परा ब्याण्ड, कलाकार केकी अधिकारी सहित उनको टिम र कलाकार तथा उद्घोषिका रिमा विश्वकर्मा को सहभागिता रहेको थियो। उक्त कार्यक्रममा केही स्थानीय कलाकारहरूले समेत आफ्ना प्रस्तुति दिएका थिए।
सिजनमा नेपालले कार्यक्रमको लागि ५ घण्टाको समय पाएको थियो।
गायक खरेल सहित परम्परा व्याण्डले रेशम फिरिरी गीतको मिठो धुन बजाएर कार्यक्रम सुरुवात गरेका थिए। गायक खरेलले, यो छाती भित्र लुकेर भन्ने गीतलाई पहिलो प्रस्तुति दिएका थिए।
खरेलले म बिना कसै कसैलाई पोखरामा, यो कुरा गोप्य नै राखौला, हंगामा भो, रातो टीका निधारमा टलक टल्कियो, लगायत मेलोडियन गीतहरू रातो रानी फुले झैं, ए कान्छा हो कान्छा, जस्ता गीतहरू प्रस्तुत गरेरे उपस्थित दर्शकहरूलाई मनोरञ्जन दिएका थिए। साथै कलाकार केकी अधिकारी तथा उनको टिमले जुन जस्ती रे फूल जस्ती रे, गैरी खेतको सिरै हान्यो जस्ता गीतमा नृत्य प्रस्तुति गरेकी थिइन्।
नेपालको तर्फबाट कार्यक्रम सञ्चालन कलाकार रिमा विश्वकर्माले गरेकी थिइन। कार्यवाहक महावाणिज्यदूत शत्रुधन पोखरेलका अनुसार सिजन भव्य रूपमा सफल भएको तथा नेपालको सहभागिता र प्रस्तुति ले खुसी लाग्नुको साथै नेपालले पहिलो पटक कै सहभागितामा यस सिजनमा नेपाले नेपाली मौलिकता झल्कने गरी गायन र नृत्य प्रदर्शन गरेकोले नेपालको प्रतिष्ठा बढ्नुको साथै नेपाली समुदाय निकै खुसी भएको बताउँदै कलाकार तथा कार्यक्रममा उपस्थिति सबै नेपालीलाई धन्यवाद दिएका थिए।
यस सिजनमा नेपालसँगै भारत, पाकिस्तान, साउदी ,श्रीलंका, फिलिपिन्स, इन्डोनेसिया ,मुलुकहरूको रहेको थियो भने सहभागिता राष्ट्रहरुले लोक गायन, नृत्य, धर्म संस्कृति द्वारा आफ्ना प्रदर्शन गरेका थिए। एकै दिन नेपाल सहित फिलिपिन्स, तथा श्रीलंका समेत कार्यक्रम रहेकोले १० हजार भन्दा बढि दर्शकहरूको उपस्थित रहेको थियो।
कार्यक्रम हेर्नेका लागि साउदीको रियाद, दमाम , जुबेल, खोवर, अलहासा, अब्बा खमिस,, मक्का, मदिना, यन्बु, जिजान लगायत हजार किलोमिटर टाटाबाट नेपाली दर्शक आएका थिए।
सिजनमा सहभागिताका लागि नेपालबाट आएका कलाकारहरुलाई वाणिज्य दूतावास तथा साउदीमा रहेका विभिन्न संगठन तथा व्यक्तिहरू भव्य स्वागत गरेका थिए भने कलाकारहरूलाई थप सफलताको शुभकामना समेत दिएका थिए। मौसम अनुकूल पारेर आफ्नो धर्म संस्कृति, कला , खेलकुद आदिलाई समावेश गरी प्रदर्शन गर्ने गरी यो सिजन सुरु गरिएको थियो भने यसको आयोजना साउदी सरकारद्वारा परिचालित जी ई ए (क्रस कल्चर)ले गरेको थियो।